ताजा खबर

आईएमई लाईफ इन्स्योरेन्सद्वारा समता स्कुललाई १ लाख रुपैयाँ आर्थिक सहायता प्रदान

SITENAME

रेडियो ताप्लेजुङ

अषाढ २० गते ।आइएमई लाईफ इस्योरेन्स कम्पनीले ताप्लेजुङको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

 

शुक्रवार फुङलिङमा २ को समता निकेतन विद्यालयमा एक कार्यक्रम आयोजना गरि कम्पनीले सामाजिक उत्तरयित्व अन्तर्गत १ लाख बराबरको चेक हस्तान्तरण गरेको कोशी प्रदेश संयोजक छवि मगरले जानकारी दिनुभयो ।

 

हरेक विधार्थी लाई शिक्षामा समान पहुँच प्रदान गर्ने उद्देश्य कम्पनीको रहेको कोशी प्रदेश संयोजक मगरले बताउनुभयो । 

 

उक्त नगद बराबरको चेक ग्रहण गर्दै सोही विद्यालयका प्रिन्सिपल कैलाश गुरुङले कम्पनी प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी , कम्पनीका बीमा अभियान्ता , स्थानिय सरोकारवाला व्यक्ति हरुको उपस्थिती रहेको थिए । 

प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोशीले यस वर्ष भोजपुर र ताप्लेजुङका विद्यालयहरूमा आर्थिक सहायता प्रदान गरेको हो।

प्रतिकृया दिनुहोस
SITENAME

जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले ९१ प्रतिशत बजेट खर्च गर्‍यो

रेडियो ताप्लेजुङ  अषाढ २६ गते । जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले चालु आर्थिक वर्षमा वार्षिक बजेटको ९१% खर्च गरेको जनाएको छ। कुल ११ करोड

SITENAME

ताप्लेजुङका विभिन्न सहकारीद्वारा  ब्याजमा विशेष छुट सहित  ऋण चुक्ताका लागि ताकेता

किरण गदाइली ताप्लेजुङ,अषाढ २४ गते  ।ताप्लेजुङका विभिन्न सहकारीहरूले ऋण भाखा नगाएका ऋणी सदस्यलाई ब्याजमा विशेष छुटसहित ऋण चुक्ता वा नियमित गर्न

SITENAME

मिक्वाखोला गाउँपालिकाको बजेट ४६ करोड ३३ लाख बढी

किरण गदाईलि , अषाढ ११ गते । जिल्लाको मिक्वाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड ३३ लाख बढीको बजेट ल्याएको छ। बुधबार २२ औं गाउँसभामार्फत