ताजा खबर

ताप्लेजुङका विभिन्न सहकारीद्वारा  ब्याजमा विशेष छुट सहित  ऋण चुक्ताका लागि ताकेता

SITENAME

किरण गदाइली
ताप्लेजुङ,अषाढ २४ गते  ।ताप्लेजुङका विभिन्न सहकारीहरूले ऋण भाखा नगाएका ऋणी सदस्यलाई ब्याजमा विशेष छुटसहित ऋण चुक्ता वा नियमित गर्न ताकेता गरेका छन् । 
२०८३ को अषाढ मसान्तभित्र ऋण चुक्ता वा नियमित गरेमा नियम अनुसार ब्याज तथा हर्जनामा विशेष छुट सुविधा प्रदान गरिने भएकाले समयमा नै छुटको लाभ लिन जिल्लाका सहकारी संस्थाले आग्रह गरेका हुन् ।  
  फुङ्लिङ ४ मा रहेको कञ्चनजङ्गा सामुदायिक सहकारी संस्था लिमिटेड,ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्था लिमिटेड फुङ्लिङ ५ र मेरिङदेन गाउँपालिका ५ मा रहेको थुकिमा कृषि सहकारी संस्थाले ऋणीहरूलाई सूचना जारी गरेर यस्तो आग्रह गरेका हुन् । 
राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा दर्ता भएका सहकारीहरूले ऋण कारोबार गर्नेमध्ये समयमा सँवा तथा ब्याज किस्ता भुक्तानी नगर्ने सदस्यहरूको विवरण समेत कर्जा सूचना केन्द्रमा अध्यावधिक गराउनुपर्ने व्यवस्था रहेको छ।  सँवा तथा ब्याज नतिर्ने सदस्यहरू शंकास्पद तथा खराब सूचीमा पर्ने, अन्य बैंक तथा वित्तीय संस्थाहरूमा समेत कारोबार गर्न वञ्चित हुने, बैंक खाता रोक्का हुने र भविष्यमा अन्य प्रकारको जटिलता समेत हुन सक्ने भएकाले यथाशीघ्र आफूले लिएको ऋणको बक्यौता रकम भुक्तानी गर्न सहकारीहरूले सूचित गरेका हुन् ।   
जिल्ला सहकारी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका  ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष टामन सिग्देलले जिल्लामा भाखा नगाउने ऋणी सदस्यहरूको सङ्ख्या बार्षीक क्रमश बढ्दो रुपमा रहेको उल्लेख गर्नुभएको छ। 
हाल व्यवसायमा संलग्न सदस्यहरूको सङ्ख्यामा कमी भएकाले यस्तो सङ्ख्या बढेर गएको उहाँको भनाइ छ। सहकारीमा आवद्ध सदस्यहरूको मर्मलाईसमेत बुझेर छुट दिएरै भएपनि ऋण  उठाउन लागिएको उहाँले बताउनुभयो ।  गत वर्ष यसरी भाखा नगाउने ऋणी सदस्यलाई ब्याजमा विशेष छुट दिँदा प्रभावकारी रुपमा रकम असुल गर्न सफल भएको उहाँको अनुभव छ ।

प्रतिकृया दिनुहोस
SITENAME

जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले ९१ प्रतिशत बजेट खर्च गर्‍यो

रेडियो ताप्लेजुङ  अषाढ २६ गते । जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले चालु आर्थिक वर्षमा वार्षिक बजेटको ९१% खर्च गरेको जनाएको छ। कुल ११ करोड

SITENAME

आईएमई लाईफ इन्स्योरेन्सद्वारा समता स्कुललाई १ लाख रुपैयाँ आर्थिक सहायता प्रदान

रेडियो ताप्लेजुङ अषाढ २० गते ।आइएमई लाईफ इस्योरेन्स कम्पनीले ताप्लेजुङको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।   शुक्रवार फुङलिङमा २ को

SITENAME

मिक्वाखोला गाउँपालिकाको बजेट ४६ करोड ३३ लाख बढी

किरण गदाईलि , अषाढ ११ गते । जिल्लाको मिक्वाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड ३३ लाख बढीको बजेट ल्याएको छ। बुधबार २२ औं गाउँसभामार्फत