श्रम सस्कृतिले भ्रष्टाचार गरे झुन्डिन तयार छु भनेर कागज गर्नेलाई मात्रै स्थानीय र प्रदेशको टिकट दिने

रेडियो ताप्लेजुङ , असार २८ गते ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले आगामी स्थानीय तह र प्रदेश सभाको निर्वाचनमा भ्रष्टाचार गरे झुन्डिन तयार छु भनेर कागज गर्नेलाई मात्रै टिकट दिइने बाएका छन् ।
आइतबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा कार्यकर्तालाई सम्बोधन गर्दै राईले स्थानीय र प्रदेश सभा सदस्यको उम्मेद्वार नामावली चाँडै सिफारिस गर्न पनि जिल्ला नेतृत्वलाई निर्देशन दिए । ‘समयमा उम्मेद्वार लिस्ट प्राप्त होस, श्रममा विश्वास गर्नेलाई टिकट दिनेछौँ, साम्पाङले भने, ‘हामिले फस्ट मत ल्याउनु पर्छ । कमाउनका लागि, केही पाउनका लागि, जोड्नका लागि आएको ब्यक्तिलाई श्रमदाता भनिदैन । टिकट दिनु भन्दा पहिला हामी कागज गराउछौँ ।
’ साम्पाङले गर्नु पर्ने कागजमा लेखिने भाषा सुनाउँदै भने, ‘भ्रष्टाचार जसले गर्छ उसलाई सडकको खम्बामा बँधेर जुत्ताको माला लगाइ दिने भन्ने सर्तनामा हुन्छ । हाम्रो उम्मेद्वार त्यो सर्तनामाका दाहिने देब्रे थिचेर मलाई दिनु पर्ने हुन्छ । एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेछु भने मलाई सदरमुकाम फुङलिङमा मेन चोकमा बँधेर श्रमदाताहरु सबै मिलेर जुत्ताको माला लगाइ दिनु । म मन्जुर छु भनेर सर्तनामामा सही छाप गर्ने साहस भएको मान्छेले मात्रै टिकट लिन आउनु होला ।’ रु दलमा पैसा लिएर टिकट दिन्छन् भन्ने सुनिने गरेको तर आफ्नो पार्टीमा पैसा तिर्नु नपर्ने उनले प्रष्ट्याए । उनले पार्टीमा गुटबन्दी गर्न नपाइनेपनि प्रष्ट पारे । तेस्ता व्यक्तिलाई तत्काल कारबाही गर्ने उनले चेतावनी दिए ।
‘ हाम्रोमा कारबाही गर्नलाई बैठक बसि रहनु पर्दैन एक स्टाटस बाटै निकालिन्छ’ उनले भने । आफूले अरुसँग दाजिन नचाहेको उनले दावी गरे । सङ्घीय सरकार प्रति लक्षित गर्दै उनले गरिब, किसान, बेरोजगारका लागि सरकार नभएको उल्लेख गरे । ‘गरिबको वष्विनस्तर उकास्न, सुशासन कायम गर्न, उत्पादन बढाउन र रोजगारी सृजना गर्न कति पैसा छुट्याइएको छ तपाईँहरूलाई थाहा छ,’ साम्पाङले भने, ‘मैले सरकारलाई खबरदारी गरि रहेको छु ।’ नेपालमा आफूलाई सबै मान्छे मिलेर गाली गरे पनि आफ्नो लाइन नछोड्ने दावी गरे । उनले ‘कर्म आफ्नो आफ्नो’ भन्ने कविता मार्फत सरकार प्रति व्यङ्ग गरे । गत प्रतिनिधि सभाका जसपाको तर्फबाट उम्मेद्धार वनेका अरुण लेछर्वो लगायत श्रम संस्कृति पार्टीमा प्रवेश गरेको श्रम संस्कृति पार्टीले जनाएको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष साङपाङको सम्बोधन आज ताप्लेजुङमा
रेडियो ताप्लेजुङ अषाढ २८ गते।श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साङपाङ ताप्लेजुङ आईपुग्नुभएको छ । ‘नागरिकसँग भेटघाट र हातेमालो
..jpeg)
दुई फरक भूमिकामा देखिए ताप्लेजुङका सांसद,सरकारलाई गाली गर्न नभई हिसाब माग्न उभिएको हुँ:सांसद थेबे
रेडियो ताप्लेजुङ अषाढ २५ गते । ताप्लेजुङबाट निर्वाचित दुई सांसद बिहिबार प्रतिनिधिसभाको दुई फरक भूमिकामा देखिएका छन्। प्रत्यक्ष तर्फबाट निर्वाचित
..jpeg)
रास्वपाको आसन्न महाधिवेशन : ताप्लेजुङबाट २७ प्रतिनिधि
किरण गदाइली ताप्लेजुङ,अषाढ ४गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आसन्न महाधिवेशनमा ताप्लेजुङबाट २७ प्रतिनिधिको सहभागिता रहँने भएको छ





प्रतिकृया दिनुहोस