मिक्वाखोला गाउँपालिकाको बजेट ४६ करोड ३३ लाख बढी

किरण गदाईलि , अषाढ ११ गते ।
जिल्लाको मिक्वाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड ३३ लाख बढीको बजेट ल्याएको छ। बुधबार २२ औं गाउँसभामार्फत पालिका अध्यक्ष भक्तबहादुर कार्कीको स्वीकृतिमा उपाध्यक्ष डण्डु लामाद्वारा प्रस्तुत बजेटको आकार कुल ४६ करोड ३३ लाख८९हजार६७५ रहेको छ।
बजेट स्रोतमा सङ्घीय सरकारबाट ३६ करोड २८ लाख ३८ हजार रहेको छ भने प्रदेश सरकारबाट ९६ लाख ५१ हजार ६७५ रहेको छ । त्यस्तै स्थानीय सरकारबाट आन्तरिक स्रोत र राजस्व बाँडफाँड गरी ४५ लाख रुपैयाँ रहेको बताइएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै पालिका अध्यक्ष कार्कीले हान्द्रुङदेखि पापुङसम्म कालोपत्रे सडकलाई पालिकाले महत्वकांक्षी योजनाको रुपमा राखेको उल्लेख गर्नुभयो । त्यस्तै तोक्पेकोला क्षेत्रलाई रामसार क्षेत्रमा सूचीकृत गर्न पहल गर्ने पालिकाको लक्ष्य रहेको उहाँले बताउनुभयो । यद्यपि सो विषयमा बजेटमाथिको छलफलमा असन्तुष्टि पनि सुनिएको छ। बेरोजगारलाई रोजगारमा जोड्न विशेष पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रस्तुत भएको बजेटमा आवश्यक संशोधन गर्नका लागि १५ दिनको समय रहेको पालिकाले जनाएको छ उक्त अवधिभरि सरोकारवालाले बजेटमा राय तथा सुझाव दिन सक्नेछन्।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले ९१ प्रतिशत बजेट खर्च गर्यो
रेडियो ताप्लेजुङ अषाढ २६ गते । जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले चालु आर्थिक वर्षमा वार्षिक बजेटको ९१% खर्च गरेको जनाएको छ। कुल ११ करोड

ताप्लेजुङका विभिन्न सहकारीद्वारा ब्याजमा विशेष छुट सहित ऋण चुक्ताका लागि ताकेता
किरण गदाइली ताप्लेजुङ,अषाढ २४ गते ।ताप्लेजुङका विभिन्न सहकारीहरूले ऋण भाखा नगाएका ऋणी सदस्यलाई ब्याजमा विशेष छुटसहित ऋण चुक्ता वा नियमित गर्न

आईएमई लाईफ इन्स्योरेन्सद्वारा समता स्कुललाई १ लाख रुपैयाँ आर्थिक सहायता प्रदान
रेडियो ताप्लेजुङ अषाढ २० गते ।आइएमई लाईफ इस्योरेन्स कम्पनीले ताप्लेजुङको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । शुक्रवार फुङलिङमा २ को





प्रतिकृया दिनुहोस