ताजा खबर

आरिघोप्टे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन ताप्लेजुङ प्रशासनको आग्रह

SITENAME

रेडियो ताप्लेजुङ

श्रावण २ गते ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज र भोलि कोशी प्रदेश सहितका स्थानमा आरिघोप्टे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ।

शनिबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले सूचना जारी गर्दै सो अवधिभरि ताप्लेजुङ जिल्ला अति जोखिमयुक्त क्षेत्रमा परेकाले सतर्क रहन आग्रह गर्नुभएको हो। भारी वर्षाका कारण अचानक बाढी, पहिरो,कटान, गेग्रान र ढुङ्गाको जोखिम समेत हुनसक्ने भएकाले काम नपरी टाढाको यात्रा तय नगर्न प्रशासनको आग्रह छ। भारी वर्षाको समयमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउन सकिने व्यहोरा पनि सूचनामा उल्लेख छ। प्रशासन कार्यालयले जोखिमयुक्त राजमार्ग र सडकमा सम्बन्धित निकायले डोजर ,एक्सकाभेटर,लोडर लगायतका उपकरणहरू तयारी अवस्थामा राख्न सूचित गरेको छ । खहरे खोला नजिकका बस्ती पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनार नजिकका बासिन्दाहरू वर्षा भएको समयमा बढी चनाखो हुनुपर्ने बताउँदै स्थानीय तह र सुरक्षा निकायलाई अलर्ट बस्न भनिएको छ ।

वर्षा र बाढीको जानकारी लिन १२३४,नेपाल प्रहरीमा १००,सशस्त्र प्रहरी बलमा ११४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ भने ताप्लेजुङ जिल्लाका लागि भारी वर्षाका कारण विपत परेमा सहयोगको लागि प्रमुख जिल्ला अधिकारी ,सहायक प्रमुख जिल्ला अधिकारी ,नेपाली सेना,जिल्ला प्रहरी ताप्लेजुङ,सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजङ्घा,तथा प्रशासनमा सम्पर्क गर्न अनुरोध गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज राति र भोलि केही ठाउँमा भारीदेखि अति भारी वर्षाको सम्भावना औल्याएको छ।

ताप्लेजुङको लागि सम्पर्क : ९८५१२७२२४१,

९८५२६३५५५

९८५२६९०५२

९८५२६३७७७

९८५२६०३६७

९८५२६०२७०

प्रतिकृया दिनुहोस
SITENAME

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने

रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले

SITENAME

प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा

रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान

SITENAME

पाथीभरा याङवरकद्वारा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आह्वान

रेडियो ताप्लेजुङ भाद्र २८ गते । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङले पालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबिबिएस