निःशुल्क घुम्ती शिविर सञ्चालन गर्दै पाथीभरा याङ्वरक गाउँपालिका

प्रिशा बस्नेत , असार ३० गते ।
नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले पाथिभरा याङ्वरक गाउँपालिकाले निःशुल्क घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । आगामि साउन ६ गते देखि १२ गते सम्म वडावडामा पुगेर घुम्ती शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । यो आर्थिक वर्षको त्रैमासिक अन्तिममा प्राप्त गर्ने लाभ ग्राहीको सामाजिक सुरक्षा भत्ता वितरण साथै ६० वर्ष उमेर माथिका नागरिकको स्वास्थ्य परीक्षण गरिने पालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष केशर सुब्बाका अनुसार निःशुल्क घुम्ती शिविर साउन ६ गते पहिलो दिन वडा नम्बर १ नाङ्खोल्याङ, ७ गते वडा नं ३ तिरिङ्गे, ८ गते वडा नं ४ डुम्रिसे, ११ गते वडा नं ५ चाक्सिबोटे र १२ गते वडा नं ६ थुम्बेदिनमा सञ्चालन गरिने छ । ६ वटा वडा रहेको पालिकामा वडा नं २ थेचम्बु बाहेकका वडामा शिविर सञ्चालन हुन लागेको हो । गाउँपालिकाको केन्द्र समेत रहेको थेचम्बुमा लक्ष्मी सनराइज बैँकको शाखा रहेको तथा अत्यावश्यक सम्पूर्ण सेवा प्रवाह हुने भएकोले थेचम्बुमा शिबिर सञ्चालन नहुने पालिकाले जनाएको छ ।

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले

प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान
..jpeg)
पाथीभरा याङवरकद्वारा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आह्वान
रेडियो ताप्लेजुङ भाद्र २८ गते । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङले पालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबिबिएस








प्रतिकृया दिनुहोस