फुङ्लिङमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरू सम्मिलित सहकारी संस्था गठन

प्रिशा बस्नेत , असार १७ गते ।
फुङ्लिङमा पहिलोपटक अपाङ्गता व्यक्तिहरू तथा उनीहरूका परिवारको सहभागितामा कृषि सहकारी संस्था गठन गरिएको छ । सहकारीको अध्यक्षमा गणेश बहादुर मगर चयन हुनुाभएको छ । भेलाले अध्यक्ष मगरको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको हो । बुधबार आयोजित एक भेलाबाट फुङ्लिङ अपाङ्गता मिलिजुली कृषि सहकारी संस्था लिमिटेड को संचालक समिती गठन गरेको हो । उपाध्यक्षमा लीला कुमारी दाहाल , सचिवमा ओमराज सुनुवार , कोषाध्यक्षमा लक्ष्मी मादेन चयन हुनु भएको छ । सदस्यमा रुद्र न्यौपाने, डेमा शोर्पा , तुलसि भट्टराई ,लक्ष्मी लिम्बु , कुल प्रसाद निरौला , लिला वि.क , मंगलि लिम्बु चयन हुनु भएको छ ।
भेलााले सहकारीको लेखा समितिमा रतन बहादुर लिम्बु , भिमा देवि नेपाल र चन्द्रकला घिमिरेलाई चयन गरेको हो । समितिको सल्लाहकारमा अशोक श्रेष्ठ र गंगा देवि बराललाई चयन गरेको छ । त्यस्तै सभाले सहकारीको मस्यौदा समितिमा डिल्लीराम गुरुङ , रत्न कुमार इजम र राजिव पालुङवालाई चयन गरेको नवनिर्वाचित अध्यक्ष मगरले जानकारि दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक तथा कृषि क्षेत्रमार्फत आयआर्जनमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको जनाइएको छ।
समितिमा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारका सदस्यहरूको प्रतिनिधित्व रहेको छ। सहकारीमार्फत कृषि उत्पादन, पशुपालन, सीपमूलक कार्यक्रम, बचत तथा ऋण सेवा सञ्चालन गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ। साथै, सहकारीले सदस्यहरूबीच आपसी सहयोग, अनुभव आदानप्रदान तथा सामूहिक उद्यम विकासमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र समावेशी विकासलाई संस्थागत रूपमा अगाडि बढाउने दिशामा यो सहकारी गठनलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको कार्यक्रमका प्रमुख अतिथि फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझाले बताउनुभयो। सहभागीहरूले सहकारीको सफल सञ्चालनका लागि सबै पक्षको सहयोग आवश्यक रहने बताएका छन्। हाल फुङ्लिङ नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा रहेको छ ।

सुरु भयो ताप्लेजुङमै पहिलोपटक फुट्सल प्रतियोगिता
किरण गदाइली ताप्लेजुङ ,श्रावण ९ गते ।ताप्लेजुङको एकमात्र 'कुलकर्ण फुट्सल'मा जिल्लामै पहिलोपटक फुट्सल प्रतियोगिता सुरु भएको छ। कुलकर्ण फुट्सल

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं: नगरप्रमुख मादेन
रेडियो ताप्लेजुङ श्रावण ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

फुनपाले मेची राजमार्ग अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाका विषयमा छलफल गर्ने
रेडियो ताप्लेजुङ , साउन ४ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्ग अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाका विषयमा छलफल गर्ने भएको छ ।





प्रतिकृया दिनुहोस