जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले ९१ प्रतिशत बजेट खर्च गर्यो

रेडियो ताप्लेजुङ
अषाढ २६ गते । जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले चालु आर्थिक वर्षमा वार्षिक बजेटको ९१% खर्च गरेको जनाएको छ। कुल ११ करोड ३३ लाख रुपैयाँ बजेटमध्ये ९ प्रतिशत मात्र खर्च गर्न बाँकी रहेको कार्यालयले बताएको छ ।
प्रगति विवरण सार्वजनिक गर्दै कार्यालयले कार्य प्रगति हासिल गर्न सहयोग गर्ने खानेपानी ,सिचाई तथा ऊर्जा मन्त्रालय जिल्ला स्थित सम्बद्ध निकायहरूप्रति आभार व्यक्त गरेको छ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सामान्यतया प्रदेश सरकार अन्तर्गत पर्ने कार्यालय हो । यसले साना तथा मध्यम सिचाई आयोजना निर्माण सञ्चालन र मर्मत गर्छ । त्यस्तै जलस्रोतको संरक्षण र उपयोग सम्बन्धी योजना बनाउने तथा कार्यान्वयन गर्ने,नदी नियन्त्रण तटबन्ध र कटान नियन्त्रणका योजना सञ्चालन लगायतको कार्यहरू पनि यसै कार्यालयले गर्ने गर्दछ । यद्यपि ठूला राष्ट्रिय महत्त्वका बहुउद्देशीय जलाशय अन्तरप्रदेशीय वा अन्तर्राष्ट्रिय नदीसम्बन्धी योजना भने संघीय सरकार अन्तर्गतका निकायले सञ्चालन गर्दछन्।

ताप्लेजुङका विभिन्न सहकारीद्वारा ब्याजमा विशेष छुट सहित ऋण चुक्ताका लागि ताकेता
किरण गदाइली ताप्लेजुङ,अषाढ २४ गते ।ताप्लेजुङका विभिन्न सहकारीहरूले ऋण भाखा नगाएका ऋणी सदस्यलाई ब्याजमा विशेष छुटसहित ऋण चुक्ता वा नियमित गर्न

आईएमई लाईफ इन्स्योरेन्सद्वारा समता स्कुललाई १ लाख रुपैयाँ आर्थिक सहायता प्रदान
रेडियो ताप्लेजुङ अषाढ २० गते ।आइएमई लाईफ इस्योरेन्स कम्पनीले ताप्लेजुङको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । शुक्रवार फुङलिङमा २ को

मिक्वाखोला गाउँपालिकाको बजेट ४६ करोड ३३ लाख बढी
किरण गदाईलि , अषाढ ११ गते । जिल्लाको मिक्वाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड ३३ लाख बढीको बजेट ल्याएको छ। बुधबार २२ औं गाउँसभामार्फत





प्रतिकृया दिनुहोस