फुनपाले मेची राजमार्ग अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाका विषयमा छलफल गर्ने

रेडियो ताप्लेजुङ , साउन ४ गते ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्ग अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाका विषयमा छलफल गर्ने भएको छ । नगरपालिकाले यहि साउन ८ गते शुक्रबार दिउँसो १२ बजे फुङ्लिङ नगरपालिकाको सभाहलमा सम्बन्धित जग्गाधनीहरुसँग छलफल गर्ने भएको छ ।
सडक डिभिजन कार्यालय इलामले गत जेष्ठ १३ गते प्रकाशित गरेको सूचनाअनुसार मेची राजमार्गको जोर्कलस–फिक्कल–इलाम–राँके–हेवाखोला–गोपेटार–काबेली–सुकेटार सडक खण्डमा सडकको केन्द्र रेखा देखि दायाँ–बायाँ १५/१५ मिटरभित्र रहेका संरचना हटाउने सम्बन्धमा सरोकारवालासँग छलफल गर्न लागिएको हो । फुङ्लिङ नगरपालिकाले वडा नम्बर ८ खोक्सोखोला देखि वडा नम्बर ६ को सुकेटारसम्मका सम्पूर्ण जग्गाधनीलाई छलफल कार्यक्रममा अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ। यो बिषय अहिले फुङ्लिङ बजार बसिन्दाको निकै चासोको बिषय पनि बनेको छ ।

सुरु भयो ताप्लेजुङमै पहिलोपटक फुट्सल प्रतियोगिता
किरण गदाइली ताप्लेजुङ ,श्रावण ९ गते ।ताप्लेजुङको एकमात्र 'कुलकर्ण फुट्सल'मा जिल्लामै पहिलोपटक फुट्सल प्रतियोगिता सुरु भएको छ। कुलकर्ण फुट्सल

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं: नगरप्रमुख मादेन
रेडियो ताप्लेजुङ श्रावण ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

आरिघोप्टे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन ताप्लेजुङ प्रशासनको आग्रह
रेडियो ताप्लेजुङ श्रावण २ गते ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज र भोलि कोशी प्रदेश सहितका स्थानमा आरिघोप्टे वर्षाको सम्भावना रहेकाले





प्रतिकृया दिनुहोस