ताजा खबर

दुई फरक भूमिकामा देखिए ताप्लेजुङका सांसद,सरकारलाई गाली गर्न नभई हिसाब माग्न उभिएको हुँ:सांसद थेबे

SITENAME

रेडियो ताप्लेजुङ
अषाढ २५ गते । ताप्लेजुङबाट निर्वाचित दुई सांसद बिहिबार प्रतिनिधिसभाको दुई फरक भूमिकामा देखिएका छन्। प्रत्यक्ष तर्फबाट निर्वाचित क्षितिज थेबेले विभिन्न विषयमा आफ्नो धारणा राख्नुभयो भने समानुपातिक तर्फका सांसद मिङ्मा डेविड शेर्पा सभाध्यक्षको भूमिकामा देखा पर्नुभयो। 
सभामुखले केही समयका लागि सभा छोड्नुपर्ने भएको अथवा अन्य संवैधानिक कामको लागि निस्कनुपर्ने भएमा  तोकेको सदस्यले बैठक सञ्चालन गर्न पाउने नियमअनुसार शेर्पाले बैठकको अध्यक्षता गर्नुभएको हो।
सभाध्यक्ष शेर्पाले समय उपलब्ध गराएपछि विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य थेबेले सरकारलाई गाली गर्न नभई हिसाब माग्न उभिएको अभिव्यक्ति दिनुभएको थियो।
सुकुम्बासी समस्या समाधानलगायतका विषयमा आफूहरूको सरकारले पनि शतप्रतिशत काम गर्न नसकेको स्वीकार गर्दै हालको निर्णय बालेन सरकारको  जिम्मेवारी रहेको सांसद थेबेले उल्लेख गर्नुभयो। सुकुम्बासी समस्यामा समाधान भन्दा पहिले बुल्डोजर चलाएर १५सय  बढी परिवारलाई विचलित बनाएको आरोप उहाँको रहेको छ ।  
विस्थापित बनाइएका सुकुम्बासीहरूमध्ये कति परिवारको पुनस्र्थापना भयो सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभएको छ।  सुकुम्बासीलाई चुनावी अभियानका क्रममा गलत वाचा गर्नेहरूले “बुल्डोजर चलिरहँदा छाती थापे कि थापेनन्? ” भनरे थेबेले संसदमा प्रश्न गर्नुभयो । सुकुम्बासीको चित्कार चलिरहँदा सरकार भने चिर निन्द्रामा सुतिरहेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो। 
 ६ मिनेट बढी बोल्नुभएका थेबेले  धान रोप्ने बेलामा किसानको मन रोएको उल्लेख गर्दै मलको अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बर्डफ्लुले आक्रान्त पीडित किसानहरूको आवाज समेत सुन्न सरकारलाई उहाँले आग्रह गर्नुभयो ।  साथै उहाँले सम्पत्ति शुद्धिकरणको छानबिन र प्रक्रिया लिखित रूपमा सार्वजनिक गर्न समेत आजको प्रतिनिधिसभा बैठकमा माग गर्नुभएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

श्रम सस्कृतिले भ्रष्टाचार गरे झुन्डिन तयार छु भनेर कागज गर्नेलाई मात्रै स्थानीय र प्रदेशको टिकट दिने 

रेडियो ताप्लेजुङ , असार २८ गते ।   श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले आगामी स्थानीय तह र प्रदेश सभाको

SITENAME

श्रम संस्कृति पार्टीका अध्यक्ष साङपाङको सम्बोधन आज ताप्लेजुङमा 

रेडियो ताप्लेजुङ  अषाढ २८ गते।श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साङपाङ ताप्लेजुङ आईपुग्नुभएको छ ।  ‘नागरिकसँग भेटघाट र हातेमालो

SITENAME

रास्वपाको आसन्न महाधिवेशन : ताप्लेजुङबाट २७ प्रतिनिधि

किरण गदाइली ताप्लेजुङ,अषाढ ४गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आसन्न महाधिवेशनमा ताप्लेजुङबाट २७ प्रतिनिधिको सहभागिता रहँने भएको छ