ताजा खबर

श्रम संस्कृति पार्टीका अध्यक्ष साङपाङको सम्बोधन आज ताप्लेजुङमा 

SITENAME

रेडियो ताप्लेजुङ
 अषाढ २८ गते।श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साङपाङ ताप्लेजुङ आईपुग्नुभएको छ ।  ‘नागरिकसँग भेटघाट र हातेमालो ’ कार्यक्रम लिएर ताप्लेजुङ आउनुभएका साङपाङले बिहान ११ बजे सदरमुकाम फुङ्लिङ स्थित एक होटलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने श्रम संस्कृति पार्टी ताप्लेजुङले जनाएको छ।
उक्त पार्टीका अनुसार कार्यक्रममा तल्लो तहको कमिटीदेखि जिल्ला कमिटीसम्मका नेता कार्यकर्ताहरूको उपस्थिति रहनेछ। साथै पार्टीमा आस्थावान महानुभाव हरुको  पनि अधिक उपस्थिति रहने श्रम संस्कृति पार्टी ताप्लेजुङले विश्वास लिएको छ।
उक्त पार्टीका ताप्लेजुङ उपाध्यक्ष विमान लिम्बुका अनुसार हाल पूर्वका विभिन्न जिल्लाहरूमा भ्रमण गरिरहनुभएका साङपाङले ताप्लेजुङमा आफ्नो सम्बोधन पश्चात् प्रसिद्ध शक्तिपीठ पाथीभरा (मुक्कुमलुङ ) को  समेत दर्शन गर्ने कार्यक्रम रहेको छ। 
“अध्यक्षज्यूले आज फुङ्लिङमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ र आजै दर्शनको लागि पाथीभरा (मुक्कुमलुङ ) जाने कार्यक्रम रहेको छ । ”उपाध्यक्ष लिम्बुले रेडियो ताप्लेजुङलाई भन्नुभयो।
श्रमलाई आफ्नो मूलमन्त्र ठानेको पार्टीले ताप्लेजुङमा पनि पालिका तथा जिल्ला कमिटीले प्रत्येक हप्ता श्रमदान कार्यक्रम चलाउँदै आएको छ। 
कतिपय स्थानमा विपन्न परिवारलाई घर निर्माण गरेर हस्तान्तरण समेत गरेको छ।

प्रतिकृया दिनुहोस
SITENAME

श्रम सस्कृतिले भ्रष्टाचार गरे झुन्डिन तयार छु भनेर कागज गर्नेलाई मात्रै स्थानीय र प्रदेशको टिकट दिने 

रेडियो ताप्लेजुङ , असार २८ गते ।   श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले आगामी स्थानीय तह र प्रदेश सभाको

SITENAME

दुई फरक भूमिकामा देखिए ताप्लेजुङका सांसद,सरकारलाई गाली गर्न नभई हिसाब माग्न उभिएको हुँ:सांसद थेबे

रेडियो ताप्लेजुङ अषाढ २५ गते । ताप्लेजुङबाट निर्वाचित दुई सांसद बिहिबार प्रतिनिधिसभाको दुई फरक भूमिकामा देखिएका छन्। प्रत्यक्ष तर्फबाट निर्वाचित

SITENAME

रास्वपाको आसन्न महाधिवेशन : ताप्लेजुङबाट २७ प्रतिनिधि

किरण गदाइली ताप्लेजुङ,अषाढ ४गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आसन्न महाधिवेशनमा ताप्लेजुङबाट २७ प्रतिनिधिको सहभागिता रहँने भएको छ