जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा थेबे

किरण गदाइली
ताप्लेजुङ ,अषाढ ११ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा चन्द्रबहादुर थेबे नियुक्त हुनुभएको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले ११ असारमा १२ जिल्लाका लागि खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरेकोमा ताप्लेजुङबाट थेबे नियुक्त हुनुभएको हो।।
बोर्डले १४ मध्ये १२ जिल्लामा अध्यक्ष फेरबदल गरेको छ । दुई जिल्लाका अध्यक्षहरू यथावत राखिएको छ।
खेलकुद विकास समितिका अध्यक्षहरूको कार्यकाल चार वर्ष हुने व्यवस्था रहेको छ। उनीहरूलाई प्रदेश खेलकुद विकास बोर्डमार्फत नियुक्त गरिन्छ। यस अघि ताप्लेजुङ खेलकुद विकास समितिको अध्यक्षता गणेश माबोले सम्हाल्दै आउनुभएको थियो।
जिल्लाकै जेठो कञ्चनजङ्गा फुङ्लिङ क्लबका संरक्षक समेत रहनुभएका थेबे चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्ष समेत हुनुहुन्छ।

सुरु भयो ताप्लेजुङमै पहिलोपटक फुट्सल प्रतियोगिता
किरण गदाइली ताप्लेजुङ ,श्रावण ९ गते ।ताप्लेजुङको एकमात्र 'कुलकर्ण फुट्सल'मा जिल्लामै पहिलोपटक फुट्सल प्रतियोगिता सुरु भएको छ। कुलकर्ण फुट्सल

माघेनी मेलाबाट आयोजकलाई झन्डै ५० हजार घाटा
किरण गदाइली ताप्लेजुङ,जेठ १२गते । फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ लिङ्खिम(सिंवा)मा लागेको ‘ माघेनी मेला २०८२ ’बाट आयोजक झन्डै ५० हजार घाटामा गएको

माघेनी मेलाबाट आयोजकलाई झन्डै ५० हजार घाटा
किरण गदाइली ताप्लेजुङ,जेठ १२गते । फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ लिङ्खिम(सिंवा)मा लागेको ‘ माघेनी मेला २०८२ ’बाट आयोजक झन्डै ५० हजार घाटामा गएको





प्रतिकृया दिनुहोस