माघेनी मेलाबाट आयोजकलाई झन्डै ५० हजार घाटा

किरण गदाइली
ताप्लेजुङ,जेठ १२गते । फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ लिङ्खिम(सिंवा)मा लागेको ‘ माघेनी मेला २०८२ ’बाट आयोजक झन्डै ५० हजार घाटामा गएको छ।
आयोजक माघेनी मेला सञ्चालन तथा व्यवस्थापन समितिले मङ्गलबार फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयाव्याय सार्वजनिक गरेको हो।
माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालित मेलामा यस वर्ष सांस्कृतिक कार्यक्रम सहित आमन्त्रित पुरुष गोल्डकप फुटबल प्रतियोगिता समेत सञ्चालन भएको थियो।
उक्त मेला सञ्चालनका लागि कुल २२ लाख ८२ हजार ३१७ रुपैयाँ विभिन्न दाताहरूबाट प्राप्त भएको थियो भने २३ लाख ३१ हजार ५६० खर्च हुँदा खुद घाटा ४९ हजार २४३ भएको अर्थ सचिव युवराज पौडेलले जानकारी दिनुभयो ।
सांस्कृतिक कार्यक्रम आयोजना गरिएकोमा मेलास्थलको भूगोल साँघुरो भएकाले ठाउँ व्यवस्थापन गर्न नसकी टिकट बिक्री गर्न नसक्दा घाटामा बेहोर्नु परेको आयोजकले निष्कर्ष निकालेको छ।
साथै फुटबल आमन्त्रित रूपमा खेलाउनाले पनि खर्च बढेका संचालन समिति अध्यक्ष तेज लिम्बुको भनाइ छ।
आगामी वर्षहरूमा पनि मेलालाई भने निरन्तरता दिने आयोजकको जनाएको छ । फरक रणनीतिका साथ अझ भव्य रूपमा मेला सञ्चालन गर्ने लिम्बुले बताउनुभयो ।

सुरु भयो ताप्लेजुङमै पहिलोपटक फुट्सल प्रतियोगिता
किरण गदाइली ताप्लेजुङ ,श्रावण ९ गते ।ताप्लेजुङको एकमात्र 'कुलकर्ण फुट्सल'मा जिल्लामै पहिलोपटक फुट्सल प्रतियोगिता सुरु भएको छ। कुलकर्ण फुट्सल

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा थेबे
किरण गदाइली ताप्लेजुङ ,अषाढ ११ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा चन्द्रबहादुर थेबे नियुक्त हुनुभएको छ। कोशी प्रदेश खेलकुद

माघेनी मेलाबाट आयोजकलाई झन्डै ५० हजार घाटा
किरण गदाइली ताप्लेजुङ,जेठ १२गते । फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ लिङ्खिम(सिंवा)मा लागेको ‘ माघेनी मेला २०८२ ’बाट आयोजक झन्डै ५० हजार घाटामा गएको





प्रतिकृया दिनुहोस