फुङ्लिङमा पहिलो पटक स्तनपान प्रवर्द्धन सम्बन्धी सचेतना कार्यक्रम

प्रिशा बस्नेत , ताप्लेजुङ, असार ८ ।
फुङ्लिङ नगरपालिकामा पहिलोपटक आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री, वितरण तथा प्रवर्द्धन नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बालबालिकाको स्वस्थ वृद्धि तथा विकासका लागि स्तनपानको महत्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पालिका भित्रका स्वास्थ्यकर्मी, र्फामेसि संचालक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा फुङ्लिङ नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत प्रतिमा खोयाङले नवजात शिशुका लागि आमाको दूध नै सबैभन्दा उत्तम, सुरक्षित तथा पूर्ण पोषणयुक्त आहार भएको बताइएको थियो। विभिन्न कम्पनीहरूले उत्पादन गर्ने दूध प्रतिस्थापन गर्ने वस्तुहरूको अनावश्यक प्रचार–प्रसार तथा प्रयोगले स्तनपानमा नकारात्मक असर पार्न सक्ने भएकाले त्यसको बिक्री–वितरण र प्रवर्द्धनलाई कानुनी व्यवस्थाअनुसार नियमन गर्नुपर्ने खोयाहाङले बताउनु भयो ।
सहभागीहरूलाई नेपालमा लागू रहेको “आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (बिक्री, वितरण तथा नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१” सम्बन्धी जानकारी गराइएको थियो। साथै, जन्मेदेखि ६ महिनासम्म शिशुलाई केवल आमाको दूध मात्र खुवाउनु पर्ने र त्यसपछि थप पोषणयुक्त आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने विषयमा समेत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा जनस्वास्थ्य निरिक्षक मौसम खवासले शिशु तथा बाल स्वास्थ्य सुधारका लागि स्तनपानमैत्री वातावरण निर्माण गर्न स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायको भूमिका महत्वपूर्ण रहने बताउनु भएको थियो । कार्यक्रममा नगरपालिका प्रमुख अमिर मादेनले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको अनावश्यक प्रयोग न्यूनीकरण गर्दै स्तनपानलाई प्रवर्द्धन गर्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनु भयो। फुङ्लिङ नगरपालिकाले यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना गरेको हो। कार्यक्रमबाट स्तनपानको महत्व तथा सम्बन्धित कानुनी व्यवस्थाबारे सरोकारवालाहरू थप सचेत र जिम्मेवार बन्ने अपेक्षा गरिएको छ । कार्यक्रममा नगर प्रमुख मादेन ,उपप्रमुख भिमादेवि ओझा , प्रमुख प्रशासकिय अधिकृत मोहनलाल पनेरु , साहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई लगायत विभिन्न सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

फुङ्लिङ नगरपालिकामा दुई दिने मानसिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न
प्रिशा बस्नेत ताप्लेजुङ, असार ७ गते । फुङ्लिङ नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी दुईदिने तालिम आईतबार सम्पन्न भएको छ। मानसिक

विश्व मुटु दिवस २०२५ : स्वास्थ्य जीवनशैलीमा ध्यान दिन ताप्लेजुङका सरोकारवालाहरूको सुझाव
किरण गदाइली ताप्लेजुङ असोज ११ गते ।'मुटुलाई बचाऔं,मुटुलाई माया गरौं ' भन्ने नाराका साथ ताप्लेजुङमा विश्व मुटु दिवस २०२५ मनाइएको छ । नेपाल

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा चार दिने निःशुल्क दात तथा मुख स्वास्थ्य शिविर सुरु
रेडियो ताप्लेजुङ, कार्तिक २६ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा सोमबारदेखि निःशुल्क ‘दाँत तथा मुख स्वास्थ्य शिविर’ सुरु हुँदैछ । गाउँपालिका





प्रतिकृया दिनुहोस