ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा चार दिने निःशुल्क दात तथा मुख स्वास्थ्य शिविर सुरु

रेडियो ताप्लेजुङ, कार्तिक २६ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा सोमबारदेखि निःशुल्क ‘दाँत तथा मुख स्वास्थ्य शिविर’ सुरु हुँदैछ । गाउँपालिका र हेल्थ केयर नेपाल तथा ससगरमाथा हेल्थ फाउण्डेशनको आयोजनामा (कार्तिक २६–२९ गते) आयोजना गरिएको हो । शिविरका लागि सम्पूर्ण तयारी पुरा भएको गाउँपालिकाले जनाएको छ । चिकित्सकसहितको टोली तापेथोक आइपुगेका छन् । आधुनिक मेसिनबाट दाँत सफा गर्ने,दाँत खोल्ने,दाँत भर्ने,बाङ्गो टिङ्गो दाँत मिलाउने,किरा लागेको वा दुखेको दाँत उखेल्ने,जेनेरल मेडिसिन,सामान्य शल्यक्रिया सेवा र फार्मेसी सेवा सम्बन्धि सुविधा प्रदान गरिने भएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले दाँत र मुखसम्बन्धि शिविरका लागि नागरिकबाट योजना माग भएकाले शिविर आयोजना गरिएको हो । अध्यक्ष लिम्बुले भने,‘तापेथोकस्थित आधारभुत स्वास्थ्य अस्पतालमा शिविर आयोजना गरेका छौ । विहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म शिविर सञ्चालन हुन्छ ।’ गाउँपालिकाबाहेक वाहिरबाट आएका सेवाग्राहीलाई समेत सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिका उपाध्यक्ष रविन साम्रा ‘विकास’ ले सेवाग्राहीलाई घर आँगनमै प्राप्त हुने सेवा लिने मौका नगुमाउन अनुरोध गरेका छन् । उपाध्यक्ष साम्राले भने,‘स्वास्थ्य नै धन हो । आशा छ, सेवाग्राहीले समय मिलाएर सेवा लिनेमा ढुक्क छौ ।’ गाउँमै आयोजना भएको शिविरमा लाभान्वित हुन स्थानियबासी आतुर देखिएका छन् ।

फुङ्लिङमा पहिलो पटक स्तनपान प्रवर्द्धन सम्बन्धी सचेतना कार्यक्रम
प्रिशा बस्नेत , ताप्लेजुङ, असार ८ । फुङ्लिङ नगरपालिकामा पहिलोपटक आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री, वितरण तथा प्रवर्द्धन नियन्त्रण

फुङ्लिङ नगरपालिकामा दुई दिने मानसिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न
प्रिशा बस्नेत ताप्लेजुङ, असार ७ गते । फुङ्लिङ नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी दुईदिने तालिम आईतबार सम्पन्न भएको छ। मानसिक

विश्व मुटु दिवस २०२५ : स्वास्थ्य जीवनशैलीमा ध्यान दिन ताप्लेजुङका सरोकारवालाहरूको सुझाव
किरण गदाइली ताप्लेजुङ असोज ११ गते ।'मुटुलाई बचाऔं,मुटुलाई माया गरौं ' भन्ने नाराका साथ ताप्लेजुङमा विश्व मुटु दिवस २०२५ मनाइएको छ । नेपाल





प्रतिकृया दिनुहोस