ताजा खबर

फुङ्लिङ नगरपालिकामा दुई दिने मानसिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न 

SITENAME


प्रिशा बस्नेत 
ताप्लेजुङ, असार ७  गते । 

फुङ्लिङ नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी दुईदिने तालिम आईतबार सम्पन्न भएको छ। मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मानसिक समस्या भएका व्यक्तिहरूको पहिचान, परामर्श तथा उचित सेवामा पहुँच बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा पालिका भित्रका १३ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी साथै आपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रमका सहजकर्ताहरुको सहभागिता रहेको थियो। कार्यक्रममा मानसिक स्वास्थ्यको आधारभूत अवधारणा , मानसिक रोगका प्रकार , लक्षणहरूको पहिचान, प्रारम्भिक मनोसामाजिक सहयोग, साथै औषधि ,उपचार सम्बन्धि विषयमा सहजीकरण गरिएको थियो । तालिमको सहजीकरण जिल्ला अस्पताल ताप्लेजुङका डाक्टर दोलकान्त चौधरिले गनूभएको थियो ।

सहजीकरणका क्रममा मानसिक रोग पनि अन्य शारीरिक रोगजस्तै उपचार गर्न सकिने स्वास्थ्य समस्या भएको बताइएको थियो। मानसिक स्वास्थ्यमा असर पार्ने प्रमुख कारणहरूमा अत्यधिक तनाव, पारिवारिक समस्या, आर्थिक कठिनाइ, सामाजिक विभेद, दुर्घटना तथा विभिन्न आघातजन्य घटनाहरू रहने जानकारी दिइएको थियो । तालिममा विशेष गरी चिन्ता , मानसिक तथा व्यवहारजन्य समस्या, आत्महत्याको जोखिम, मादक पदार्थको दुरुपयोग तथा मनोसामाजिक समस्याहरूका बारेमा विस्तृत छलफल गरिएको थियो ।

यस्ता समस्याका लक्षणहरूमा अत्यधिक चिन्ता लाग्नु, निराश महसुस गर्नु, निद्रामा समस्या हुनु, एक्लै बस्न रुचाउनु, दैनिक कामकाजमा रुचि घट्नु तथा आत्मग्लानी बढ्नु जस्ता संकेतहरू देखिन सक्ने जानकारी दिइएको थियो। सहभागीहरूलाई मानसिक समस्या भएका व्यक्तिप्रति नकारात्मक दृष्टिकोण नराखी सम्मानजनक व्यवहार गर्न, प्रारम्भिक परामर्श दिन तथा आवश्यक परेमा स्वास्थ्य संस्थामा सिफारिस गर्नुपर्ने विषयमा पनि प्रशिक्षण दिइएको थियो । साथै मानसिक रोगप्रति समाजमा विद्यमान भ्रम, अन्धविश्वास तथा कलंक अन्त्य गर्न समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो ।
तालिमको समापन कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनलाल पनेरुले स्वास्थ क्षेत्र त्यसमा पनि मानसिक स्वास्थ्य अतिनै संवेदनशित विषय भएको बताउनु भयो । पनेरुले स्वास्थ्यकर्मीलाई मानसिक समस्या प्रति गम्भिर भएर लाग्न र समयमै पहिचान गरि उपचारको दायरामा ल्याउन अनुरोध समेत गर्नुभयो । सहभागीहरूले तालिमबाट मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान, सीप तथा व्यवहारिक अनुभव प्राप्त भएको प्रतिक्रिया दिएका थिए। कार्यक्रमले समुदायमा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोचको विकास, समयमै समस्या पहिचान तथा उपचार सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रम अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्र्तगत संचालन गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस
SITENAME

फुङ्लिङमा पहिलो पटक स्तनपान प्रवर्द्धन सम्बन्धी सचेतना कार्यक्रम 

प्रिशा बस्नेत , ताप्लेजुङ, असार ८ ।  फुङ्लिङ नगरपालिकामा पहिलोपटक आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री, वितरण तथा प्रवर्द्धन नियन्त्रण

SITENAME

विश्व मुटु दिवस २०२५ : स्वास्थ्य जीवनशैलीमा ध्यान दिन ताप्लेजुङका सरोकारवालाहरूको सुझाव

  किरण गदाइली ताप्लेजुङ असोज ११ गते ।'मुटुलाई बचाऔं,मुटुलाई माया गरौं ' भन्ने नाराका साथ ताप्लेजुङमा विश्व मुटु दिवस २०२५ मनाइएको छ । नेपाल

SITENAME

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा चार दिने निःशुल्क दात तथा मुख स्वास्थ्य शिविर सुरु

रेडियो ताप्लेजुङ, कार्तिक २६ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा सोमबारदेखि निःशुल्क ‘दाँत तथा मुख स्वास्थ्य शिविर’ सुरु हुँदैछ । गाउँपालिका