ताजा खबर

रास्वपाको आसन्न महाधिवेशन : ताप्लेजुङबाट २७ प्रतिनिधि

SITENAME


किरण गदाइली
ताप्लेजुङ,अषाढ ४गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आसन्न महाधिवेशनमा ताप्लेजुङबाट २७ प्रतिनिधिको सहभागिता रहँने भएको छ । 
रास्वपा ताप्लेजुङ जिल्ला सचिव लीलाराज पौडेलका अनुसार अषाढ ७ गतेदेखि ९ गतेसम्म चितवनमा हुन गइरहेको महाधिवेशनमा ताप्लेजुङबाट अषाढ ६ गते टोली प्रस्थान गर्नेछ।
पार्टीको विधान बमोजिम जिल्लाबाट प्रतिनिधिसभा निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फका उम्मेदवार वीरेन्द्र श्रेष्ठ तथा समानुपातिक तर्फका उम्मेदवार,मिङ्मा डेविड शेर्पा र रमेश परसाई गरी तीनजना महाधिवेशन प्रतिनिधिका रूपमा जाँदै हुनुहुन्छ । 
त्यस्तै केन्द्रीय विभागिय सदस्यहरूबाट दुईजना जाने सचिव पौडेलले जानकारी दिनुभएको छ । यसरी प्रतिनिधिको रुपमा जानेहरुमा सबिन बानिया र गोपाल गुरुङ रहनुभएको छ।
पार्टीको ताप्लेजुङ काठमान्डौं सम्पर्क मञ्चका सभापति रमेश न्यौपाने  प्रतिनिधिको रुपमा जाँदै हुनुहुन्छ । 
प्रदेश कमिटीबाट इन्दिरा मेन्याङबोलाई महाधिवेशन प्रतिनिधिको रुपमा पठाइने रास्वपाले जनाएको छ । 
जिल्ला कमिटीबाट सभापतिसहित पाँच जनाको टोली  जाँदैछ । जसमा सभापति राजन गुरुङ ,सचिव पौडेल,सहसचिव गोपाल गुरागाई,कोषाध्यक्ष सुशीला कार्की (भुटिया) र सदस्य छत्रबहादुर बिक महाधिवेशन प्रतिनिधिको रूपमा जाने बताइएको छ। 
त्यस्तै जिल्लामा मैवामाखोला र फक्ताङलुङ बाहेक सात पालिकाको पालिका अधिवेशन सकेको रास्वपाले प्रत्येक पालिकाबाट पालिका सभापतिहरूलाई निर्वाचन प्रतिनिधिको रूपमा पठाउँदैछ । ती दुई पालिकाहरूबाट मनोनीत गरी पठाउने बताइएको छ । 
सचिव पौडेलका अनुसार कुनै पनि गाउँपालिकामा पार्टीका  प्रमाणित सदस्य २०१ भन्दा माथि भएमा सो पालिका कमिटीले एकजना प्रतिनिधि पठाउन सक्ने व्यवस्था छ ।  सो अनुसार जिल्लाका चार पालिका कमिटीले थप ४ जना प्रतिनिधि पठाउँदैछन्  । नगरपालिकाको हकमा ४०१ प्रमाणित सङ्ख्या भएमा दुईजना प्रतिनिधि पठाउन सक्ने व्यवस्था रहेको छ। सो व्यवस्था बमोजिम फुङ्लिङ नगरपालिका कमिटीले दुई प्रतिनिधि पठाउँदैछ ।
रास्वपाको हालै बसेको केन्द्रीय सचिवालय बैठकले सातै प्रदेशको अधिवेशनको समीक्षा गर्दै मधेसबाहेक अन्य प्रदेशको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ।  महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय समेत गरिएको छ ।  देशभर ३ हजार  बढी प्रतिनिधि रहने उक्त पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

श्रम सस्कृतिले भ्रष्टाचार गरे झुन्डिन तयार छु भनेर कागज गर्नेलाई मात्रै स्थानीय र प्रदेशको टिकट दिने 

रेडियो ताप्लेजुङ , असार २८ गते ।   श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले आगामी स्थानीय तह र प्रदेश सभाको

SITENAME

श्रम संस्कृति पार्टीका अध्यक्ष साङपाङको सम्बोधन आज ताप्लेजुङमा 

रेडियो ताप्लेजुङ  अषाढ २८ गते।श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साङपाङ ताप्लेजुङ आईपुग्नुभएको छ ।  ‘नागरिकसँग भेटघाट र हातेमालो

SITENAME

दुई फरक भूमिकामा देखिए ताप्लेजुङका सांसद,सरकारलाई गाली गर्न नभई हिसाब माग्न उभिएको हुँ:सांसद थेबे

रेडियो ताप्लेजुङ अषाढ २५ गते । ताप्लेजुङबाट निर्वाचित दुई सांसद बिहिबार प्रतिनिधिसभाको दुई फरक भूमिकामा देखिएका छन्। प्रत्यक्ष तर्फबाट निर्वाचित