ताजा खबर

१६ औँ राष्ट्रपति रनिङ सिल्ड : ५५ पदकका साथ मैवाखोला पहिलो,फक्ताङ्लुङ नील

SITENAME

किरण गदाइली

ताप्लेजुङ , माघ २६ गते ।सिंदिवा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम बनेको छ।

२३ स्वर्ण,२० रजत र १२ काश्य गरी कुल ५५ पदकका साथ मैवाखोला प्रथम बनेको हो।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका दोस्रो भएको छ । आठराई त्रिवेणीले४७ पदक जितेको छ।१३ स्वर्ण१३रजत र २१ काश्य आठराई त्रिवेणीले आफ्नो नाममा गराउन सफल रह्यो। 

४२ पदक जितेको फुङ्लिङ नगरपालिका तेस्रो बन्यो । फुङ्लिङले ११ स्वर्ण ,८ रजत र २३ काश्य हात पारेको हो।

त्यस्तै प्रतियोगिता समन्वयको भूमिका निर्वाह गरेको सिंदिवा गाउँपालिका चौथो बनेको छ । उक्त गाउँपालिकाले ३७ पदक आफ्नो नाममा गर्न सफल रह्यो। ९ स्वर्ण, १२ रजत र १६ कास्य सिंदिवाले जित्यो । 

पाँचौं बनेको मेरिङदेन गाउँपालिकाले कुल १५ पदक जित्दा चार स्वर्ण, ५ रजत र ६ काश्य जित्न सफल रह्यो।

२५ पदक जोडेको मिक्वाखोला गाउँपालिका छैठो बन्यो । उक्त गाउँपालिकाले तीन स्वर्ण, ५ रजत र १७ काश्य जितेको हो। 

सिरिजङ्घा गाउँपालिका प्रतियोगितामा सातौँ बनेको छ।सिरिजङ्घाले दुई स्वर्ण ,एक रजत र ५ काश्य गरि ९ पदक जित्न सफल भयो । ८औँ बनेको पाथीभरा याङवरक गाउँपालिकाले १स्वर्ण, दुई रजत र दुई काश्य गरी जम्मा ५ पदक जित्न सफल भयो।

अन्तिम तथा नवौँ बनेको फक्ताङलुङ गाउँपालिका स्वर्ण, रजत र काश्य विहीन रह्यो।

गत माघ २३ बाट सञ्चालित प्रतियोगितामा

जिल्लाका नौ वटै पालिकाका विभिन्न विद्यालयहरू सहभागी रहेका थिए । प्रतियोगितामा कुल २ सय ३४ पदकका लागि स्पर्धा भएको आयोजक जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष गणेश माबोले जानकारी दिनुभयो । 

 

 

प्रतिकृया दिनुहोस
SITENAME

सुरु भयो ताप्लेजुङमै पहिलोपटक फुट्सल प्रतियोगिता

किरण गदाइली ताप्लेजुङ ,श्रावण ९ गते ।ताप्लेजुङको एकमात्र 'कुलकर्ण फुट्सल'मा जिल्लामै पहिलोपटक फुट्सल प्रतियोगिता सुरु भएको छ।  कुलकर्ण फुट्सल

SITENAME

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा थेबे

किरण गदाइली ताप्लेजुङ ,अषाढ ११ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा चन्द्रबहादुर थेबे नियुक्त हुनुभएको छ। कोशी प्रदेश खेलकुद

SITENAME

माघेनी मेलाबाट आयोजकलाई झन्डै ५० हजार घाटा

किरण गदाइली ताप्लेजुङ,जेठ १२गते । फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ लिङ्खिम(सिंवा)मा लागेको ‘ माघेनी मेला २०८२ ’बाट आयोजक झन्डै ५० हजार घाटामा गएको