ताजा खबर

ताप्लेजुङका नागरिकले भक्तपुर प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि पाउने

SITENAME

रेडियो ताप्लेजुङ


कार्तिक १४गते । नागरिकताको प्रतिलिपि बनाउन स्थायी ठेगाना भएको जिल्लामा जानु नपर्ने भएको छ । संघीय राजधानी काठमाडौंउपत्यकामा बसोबास गरिरहेका अन्य जिल्लाका नागरिकले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्य जिल्लाका नागरिकलाई उपत्यकाका तीन जिल्लाबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ । नयाँ व्यवस्थापछि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ताप्लेजुङ सहित कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकले प्रतिलिपि पाउने छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी तथा ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने छन् ।

कोशी र मधेश प्रदेशका जिल्लाका नागरिककालागि भक्तपुर जिल्ला प्रशासन कार्यालय तोकिएको हो । नागरिकताको प्रमाणपत्र आगलागी, बाढीपहिरो वा पानीले भिजेर नष्ट भएको, झुत्रिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले नयाँ व्यवस्था अनुसार प्रतिलिपि बनाउने सुविधा पाउने छन् । अभिलेख नभिडेको वा अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति, ठेगाना वा अन्य विवरण सच्याएर प्रतिलिपि लिनुपर्ने अवस्था तथा नागरिकताको प्रमाणपत्र शंकास्पद देखिएका निवेदकले भने सुरुमा नागरिकता प्राप्त गरेको जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरेका ८ हजार मिटरमाथिका ६ हिमालमध्ये ४ ताप्लेजुङका

आनन्द गौतम ताप्लेजुङ कार्तिक १३ - नेपालले ८ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन यूआईएको

SITENAME

श्रम संस्कृति पार्टीले स्थापना दिवसमा ताप्लेजुङमा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्दै

किरण गदाइली ताप्लेजुङ, कार्तिक १२ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले स्थापना दिवसको अवसरमा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्ने भएको

SITENAME

बैतडीका युवाद्वारा काठमाडौँबाट पैदल यात्रा गर्दै १९औँ दिनमा पाथीभराको दर्शन

रेडियो ताप्लेजुङ कार्तिक १२ गते।  काठमाडौँबाट १९ दिन लगाएर पैदल यात्रा गर्दै एक युवा ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा पुग्नुभएको