अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरेका ८ हजार मिटरमाथिका ६ हिमालमध्ये ४ ताप्लेजुङका
..jpeg)
आनन्द गौतम
ताप्लेजुङ कार्तिक १३ - नेपालले ८ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन यूआईएको साधारणसभामा प्रस्ताव अघि बढाएको छ। जसमा चारवटा ताप्लेजुङ र २ वटा सोलुखुम्बु जिल्लाका छन् । छवटै हिमाल कोशी प्रदेशका हुन् । प्रस्ताव स्वीकृत भए नेपालमा रहेका हिमालको संख्या ८ बाट १४ पुग्नेछभनें विश्वका ८ हजार मिटरमाथिको संख्या १४ बाट २० पग्ने छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा नेपालको प्रस्ताव अघि सारेको जनाएका छन् । मन्त्री पौडेलले काठमाडौंमा आयोजित साधारणसभामा नेपालका थप ६ हिमाललाई छुट्टै ८ हजार मिटर अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल भइरहेको बताए । एनएमएका अध्यक्ष शेर्पाले पनि यूआईएको कार्यकारी बोर्डसमक्ष सम्बोधन गर्दै प्रस्तावित हिमालहरूको औपचारिक मूल्यांकन र अन्तर्राष्ट्रिय मान्यताका लागि आग्रह गरेको उल्लेख गरे ।
प्रस्तावित ६ हिमालमध्ये चारवटा कञ्चनजङ्घा र दुईवटा सगरमाथा–ल्होत्से क्षेत्रमा पर्छन् । प्रस्तावित हिमाल मध्येको कञ्चनजङ्घा दक्षिण ८ हजार ४ सय ७६ मिटर, कञ्चनजङ्घा पश्चिम ८ हजार ७७ मिटर, कञ्चनजङ्घा मध्य ८ हजार ४ सय ७३ मिटर र यालुङ काङ ८ हजार ५ सय ९५ मिटर उचाई रहेको छ । सगरमाथा–ल्होत्से क्षेत्रको ल्होत्से मध्य ८ हजार ४ सय १० मिटर र ल्होत्से शार ८ हजार ४ सय मिटर रहेको छ।
हिमाल आरोही तथा प्रतिनिधिसभाका सांसद मिङमा डेभिड शेर्पाका अनुसार यी हिमालका आफ्नै भौगोलिक पहिचान, नाम र आरोहण मार्ग छन् । एउटा शिखर आरोहण गर्दा अर्को शिखर पुगेको मानिने छैन । त्यसैले प्रत्येकलाई छुट्टै पर्वतारोहण गन्तव्यका रूपमा पहिचान स्थापित गर्नु आवश्यक छ । सांसद शेर्पाले यो प्रस्ताव वर्तमान सरकारको महत्वपूर्ण कदम भएको दावी गरे ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
तिम्बुङ पोखरी क्षेत्रमा हिमपात
किरण गदाइली ताप्लेजुङ , कर्तिक १३गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलास्थित तिम्बुङ पोखरी क्षेत्रमा हिमपात भएको छ। त्यस क्षेत्रमा
..jpeg)
बैतडीका युवाद्वारा काठमाडौँबाट पैदल यात्रा गर्दै १९औँ दिनमा पाथीभराको दर्शन
रेडियो ताप्लेजुङ कार्तिक १२ गते। काठमाडौँबाट १९ दिन लगाएर पैदल यात्रा गर्दै एक युवा ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा पुग्नुभएको

आइटी एकेडेमी ताप्लेजुङमा २० जनालाई निःशुल्क ग्राफिक डिजाइन तालिमको अबसर
रेडियो ताप्लेजुङ कार्तिक ११ गते । आइटी एकेडेमी ताप्लेजुङमा ६ महिने निःशुल्क ग्राफिक डिजाइन तालिमका लागि आवेदन खुलेको छ। कोशी प्रदेश सरकार

..jpeg)
..jpeg)

..jpeg)
..jpeg)



प्रतिकृया दिनुहोस