महिनौँपछि सुकेटार आउन लागेको जहाजको उडान अन्तिम समयमा रद्द

रेडियो ताप्लेजुङ
आसोज ५गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा महिनौँपछि हुन लागेको काठमाडौँ–ताप्लेजुङ हवाई उडान सोमबार अन्तिम समयमा रद्द भएको छ।
जहाजमा प्राविधिक समस्या आएपछि उडान स्थगित गर्नुपरेको नेपाल वायुसेवा निगम ताप्लेजुङ स्टेसनले जनाएको छ। काठमाडौँबाट ताप्लेजुङका लागि उडान भर्न ठिक्क परेको जहाजमा इन्धन पास नभएर समस्या आएपछि आजको उडान रद्द गरिएको स्टेसनले जनाएको हो।
स्टेसनका अनुसार जहाजमा यात्रुसमेत चढाइसकिएको थियो। तर, अन्तिम समयमा प्राविधिक समस्या देखिएपछि उडान स्थगित गर्नुपरेको हो।
सुकेटार विमानस्थलमा पछिल्लो समय जेठ २२ गतेदेखि नियमित उडान सेवा ठप्प रहेको छ। विमानस्थल भए पनि नियमित उडान नहुँदा ताप्लेजुङका नागरिकले हवाई सेवाको सुविधा प्रभावकारी रूपमा उपयोग गर्न पाइरहेका छैनन्।
यसअघि ताप्लेजुङ–काठमाडौँ र काठमाडौँ–ताप्लेजुङ हप्तामा तीन दिन हवाई सेवा सञ्चालन गर्ने भनिएको थियो। तर, मौसमको समस्या, यात्रु अभावलगायतका कारण उडान सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।
शरद ऋतु तथा चाडपर्वको मौसम सुरु भएकाले सुकेटार विमानस्थलमा नियमित र प्रभावकारी रूपमा उडान सञ्चालन भए ताप्लेजुङ भित्रिने पर्यटक तथा स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
ताप्लेजुङका सात पालिकामा १० घण्टा विद्युत सेवा अवरुद्ध हुने
रेडियो ताप्लेजुङ असोज ३ गते । नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले आइतबार ताप्लेजुङका सातवटा पालिकामा बिहान ७ बजेदेखि साँझ ५

मेरिङ्देनका सबै वडामा खोरेत रोगविरुद्ध पहिलो चरणको खोप कार्यक्रम हुँदै
रेडियो ताप्लेजुङ असोज २गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पशुमा लाग्ने खोरेत रोगविरुद्ध पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।
..jpeg)
पाथीभरा याङवरकमा छारे रोगसम्बन्धी निःशुल्क शिविर हुने
रेडियो ताप्लेजुङ असोज २गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा छारे रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँपालिका


..jpeg)
..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस