पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी महिलाको ताप्लेजुङमा मृत्यु
..jpeg)
रेडियो ताप्लेजुङ
कार्तिक ८ गते । पाल्पाबाट पाथीभरा दर्शनका लागि आएकी एक महिलाको ताप्लेजुङमा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विद्यालाल कुमार शाहका अनुसार पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ निवासी ४४ वर्षीया सरु हिस्की मगरको मृत्यु भएको हो।
गाडीमा यात्रारत मगर आइतबार अपराह्न ३ः३० बजे फुङ्लिङ नगरपालिका–४ स्थित मनोकामना ग्यारेजछेउमा रिङ्गटा लागेको भन्दै गाडीबाट बाहिर निस्किएकी थिइन्।
त्यसपछि अचानक बेहोस भएर ढलेकी मगरलाई उपचारका लागि तमोर हस्पिटल प्रालि लगिएको थियो। उपचारका क्रममा दिउँसो ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मगर आफ्ना श्रीमान् इन्द्र हिस्कीसँग पाथीभरा दर्शनका लागि ताप्लेजुङ आएकी थिइन्। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

'होप फर अल'ले गर्यो फुङ्लिङका दीपकको उद्धार
रेडियो ताप्लेजुङ कार्तिक ७ गते । पछिल्लो साढे तीन वर्षमा १५ जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको सामाजिक संस्था 'होप फर अल'ले ताप्लेजुङ

पाथीभरामा दशैँयताकै उल्लेख्य सङ्ख्यामा भक्तजन
रेडियो ताप्लेजुङ कार्तिक ७ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा नवरात्रपछिकै उल्लेख्य सङ्ख्यामा भक्तजनको उपस्थिति शनिबार

दोभान अग्निपीडितलाई इसाई समाजद्वारा आर्थिक तथा सत्य साई सेवा संगठनद्वारा भौतिक सहयोग
रेडियो ताप्लेजुङ कार्तिक २ गते । दोभान अग्निपीडितलाई विभिन्न निकायहरूबाट सहयोग जुट्ने क्रम जारी छ। जसअनुसार सोमबार इसाई समाजले आर्थिक तथा श्री

..jpeg)



प्रतिकृया दिनुहोस