ताजा खबर

तमोर महिला कृषि सहकारी संस्थाको सत्रौँ साधारण सभा सम्पन्न, नवनिर्मित भवनको उद्‌घाटन

SITENAME

रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली 

ताप्लेजुङ सदरमुकाम स्थित फुङ्लिङमा रहेको तमोर महिला कृषि सहकारी संस्थाले आज आफ्नो सत्रौँ साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाको अवसर पारेर झण्डै ७४ लाख रुपैयाँमा निर्माण सम्पन्न नवनिर्मित भवनको समेत उद्‌घाटन गरेको छ। भवन निर्माणका लागि सहयोग गर्ने सम्पूर्ण सम्बद्ध पक्षलाई संस्थाका अध्यक्ष नित शिवाले धन्यवाद दिनुभयो । विशेष गरेर ग्रामीण भेगका महिलाहरूको समग्र जीवनस्तर उकास्ने उद्देश्यले महिला तथा बालबालिका कार्यालयको समन्वयमा २०६७ सालमा स्थापना भएको संस्थाले आफ्नै भवनको अभावले विगतमा धेरै दुःख झेल्नुपरेको स्मरण गर्दै शिवालय २०७० सालमा संस्थाको तत्कालीन अध्यक्ष मनमाया राई तुम्बाहाङफेको विशेष पहलमा फुङ्लिङ २ स्थिति याङलिजुङ सशस्त्र क्याम्प नजिकै चार आना जग्गामा भवन निर्माण गरिएको उल्लेख गर्नुभयो। संस्थाको कारोबार बढ्दै गएको तथा उक्त स्थानमा कार्य सम्पादन गर्न गाह्रो भएकाले २०७४ सालमा फुङ्लिङ ४ हुलाक टोल स्थित नवनिर्मित भवन रहेको ठाउँमा छ हाना क्षेत्रफल भएको जग्गा १२ लाखमा खरिद गरी ७६ साल जेष्ठ १५ गते भवनको शिलान्यास गरिएको अध्यक्ष शिवाले उल्लेख गर्नुभएको छ।

 

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

फक्ताङलुङ गाउँपालिकाद्वारा दुर्गम हिमाली क्षेत्रहरूमा पशुसेवा सम्बन्धी शिविर 

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले विकट हिमाली क्षेत्रहरूमा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँपालिकाको पशुसेवा शाखा अन्तर्गत आर्थिक

SITENAME

 दोभान अग्नि पीडितका लागि ३ लाख ५२ हजार बढी सहयोग 

रेडियो ताप्लेजुङ असोज २९ गते ,किरण गदाईली  ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित

SITENAME

ताप्लेजुङमा रास्वपाको र्‍यापिड एक्सन टिम गठन

रेडियो ताप्लेजुङ असोज २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताप्लेजुङमा र्‍यापिड एक्सन टिम गठन गरेको छ। बुधबार सदरमुकामस्थित होटल