ताजा खबर

तिम्बुङ पोखरी क्षेत्रमा हिमपात

SITENAME

किरण गदाइली

ताप्लेजुङ , कर्तिक १३गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलास्थित तिम्बुङ पोखरी क्षेत्रमा हिमपात भएको छ। त्यस क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आउनुभएका अमिर राईका अनुसार पोखरी आसपासमा यो वर्ष तेस्रोपटक हिमपात भएको हो। समुद्र सतहदेखि ४ हजार ३ सय ५० मिटर उचाइमा रहेको उक्त भूभागमा यसअघि असोज महिनामा दुईपटक हिमपात भइसकेको छ।

राईका अनुसार पोखरी क्षेत्रमा हिमपात भए पनि पोखरी नजिकै रहेको रेडपाण्डा गेस्ट हाउस क्षेत्रमा भने हालसम्म हिमपात भएको छैन। उहाँले भन्नुभयो, "पोखरी क्षेत्रमा र हाम्रो होमस्टे रहेको ठाउँको पारिपट्टि पाँचथरतिर हिमपात भएको देख्न सक्छौँ, तर हाम्रोतिर भने भएको छैन।"

मौसम प्रतिकूल बनेपछि उक्त क्षेत्र भ्रमणका लागि गएका पर्यटकहरू ठूलो भञ्ज्याङ क्षेत्रबाट कालीखोलातर्फ फर्किएका छन्। मौसम अनुकूल भएपछि पुनः पोखरी क्षेत्रमा जाने गरी केही पर्यटक बीच बाटोबाटै तल्लो क्षेत्रमा फर्किएको राईले जानकारी दिनुभयो।

तिम्बुङ पोखरी क्षेत्रबाट सबैभन्दा नजिक रहेको रेडपाण्डा गेस्ट हाउसमा अहिले पाँच जनाको टोली बसिरहेको छ। मौसममा सुधार आएपछि पोखरी क्षेत्र घुम्ने योजनासहित उनीहरू त्यहाँ बसेको बताइएको छ।

 

फर्किएका पर्यटकहरू तल्लो क्षेत्रका कालीखोला, थामडाँडालगायतका स्थानमा बसेका छन्।

पर्यटन व्यवसायी राईका अनुसार तिम्बुङ पोखरी क्षेत्रमा मङ्सिर महिनासम्म पर्यटकको आगमन हुने गरेको छ। त्यसपछि हिमपात हुने भए पनि केही पर्यटक भने आउने गरेका छन्। तिहारको समयमा होमस्टेका कर्मचारी बिदामा जाने भए पनि वैकल्पिक व्यवस्था गर्न सकिने उहाँले जानकारी दिनुभएको छ।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङका नागरिकले भक्तपुर प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि पाउने

रेडियो ताप्लेजुङ कार्तिक १४गते । नागरिकताको प्रतिलिपि बनाउन स्थायी ठेगाना भएको जिल्लामा जानु नपर्ने भएको छ । संघीय राजधानी काठमाडौंउपत्यकामा

SITENAME

अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरेका ८ हजार मिटरमाथिका ६ हिमालमध्ये ४ ताप्लेजुङका

आनन्द गौतम ताप्लेजुङ कार्तिक १३ - नेपालले ८ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन यूआईएको

SITENAME

बैतडीका युवाद्वारा काठमाडौँबाट पैदल यात्रा गर्दै १९औँ दिनमा पाथीभराको दर्शन

रेडियो ताप्लेजुङ कार्तिक १२ गते।  काठमाडौँबाट १९ दिन लगाएर पैदल यात्रा गर्दै एक युवा ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा पुग्नुभएको