ताजा खबर

बैतडीका युवाद्वारा काठमाडौँबाट पैदल यात्रा गर्दै १९औँ दिनमा पाथीभराको दर्शन

SITENAME

रेडियो ताप्लेजुङ


कार्तिक १२ गते।  काठमाडौँबाट १९ दिन लगाएर पैदल यात्रा गर्दै एक युवा ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा पुग्नुभएको छ।

बैतडीको पुर्चौडी नगरपालिकाका प्रशान्त ढुंगेल १९औँ दिनमा पाथीभरा मन्दिर परिसरमा आइपुग्नुभएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभएको छ।

ढुंगेल १८औँ दिनमा माथिल्लो फेदी पुग्नुभएको थियो। बिहीबार उहाँलाई मन्दिर परिसरमा क्षेत्र विकास समितिले चुनरी ओढाएर मायाको चिनो प्रदान गरेको समितिले जनाएको छ।

समुद्र सतहदेखि ३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरको महिमालाई पैदल यात्रामार्फत प्रचारप्रसार गर्नुभएकोमा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले उहाँप्रति आभार व्यक्त गर्नुभएको छ। ढुंगेलको यो अभियानले पाथीभरा दर्शन गर्न कठिनाइ हुँदैन भन्ने सन्देश फैलाउन सहयोग पुगेको उहाँले बताउनुभएको छ।

यसैबीच, पाथीभरा क्षेत्रमा बिहीबार बिहान छिटपुट हिउँ परे पनि दिउँसो सिमसिम पानी मात्र परेको कर्मचारी महतले जानकारी दिनुभएको छ। उहाँका अनुसार  चिसो भने निकै बढेको छ।

माथिल्लो फेदीबाट कर्मचारी दिलकुमार भट्टराईले दिनुभएको जानकारीअनुसार प्रतिकूल मौसमका बाबजुद बिहीबार २ हजार ५३९ जनाले पाथीभराको दर्शन गरेका छन्।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङका नागरिकले भक्तपुर प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि पाउने

रेडियो ताप्लेजुङ कार्तिक १४गते । नागरिकताको प्रतिलिपि बनाउन स्थायी ठेगाना भएको जिल्लामा जानु नपर्ने भएको छ । संघीय राजधानी काठमाडौंउपत्यकामा

SITENAME

अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरेका ८ हजार मिटरमाथिका ६ हिमालमध्ये ४ ताप्लेजुङका

आनन्द गौतम ताप्लेजुङ कार्तिक १३ - नेपालले ८ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन यूआईएको

SITENAME

श्रम संस्कृति पार्टीले स्थापना दिवसमा ताप्लेजुङमा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्दै

किरण गदाइली ताप्लेजुङ, कार्तिक १२ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले स्थापना दिवसको अवसरमा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्ने भएको