ताजा खबर

लगातार ओरालो लाग्दै अलैंचीको भाउ, ताप्लेजुङका व्यवसायी भन्छन् : उत्साहजनक कारोबार छैन

SITENAME

किरण गदाइली

असोज ६ गते । पछिल्लो समय दिनहुँजसो अलैंचीको भाउ घट्ने क्रम जारी छ।नेपाल अलैंची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मंगलबार प्रतिमन (४० केजी) ८० हजार रुपैयाँमा कारोबार भएको छ।

१५ दिनयता दैनिक प्रतिमन एक हजार रुपैयाँका दरले भाउमा गिरावट आइरहेको उहाँले जानकारी दिनुभएको छ। गत वर्ष सामान्य खालको अलैंची ताप्लेजुङमै एक लाख तीन हजारदेखि एक लाख चार हजार रुपैयाँ प्रतिमनसम्ममा कारोबार भएको बताउँदै रेग्मीले यस वर्ष भने त्यस्तो उत्साह नरहेको रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो।

अलैंचीको भाउ यसरी घट्नुमा विभिन्न मुलुकबाट माग कम हुनु मुख्य कारण रहेको उहाँको भनाइ छ।“आज सदरमुकाम फुङ्लिङमा ८० हजारका दरले कारोबार गरेका छौँ, त्यो पनि उत्साहजनक छैन। हामीले बिर्तामोड पठाउँदा त्यहाँबाट साहुले प्रतिमन ८० हजार ५०० सम्म मात्र हाल्न मानिरहेका छन्। बिर्तामोडमा पनि बजार सुस्त छ। हामीले बिर्तामोड पठाउने हो, बिर्तामोडका व्यवसायीले भारत पठाउँछन्। भारतसँग तेस्रो मुलुकको माग कस्तो हुन्छ, त्यसले अलैंचीको भाउ घट्नु वा बढ्नुमा प्रभाव पार्छ,” रेग्मीले भन्नुभयो।

यो समय नयाँ अलैंचीको कारोबार पनि भइरहेको उहाँले बताउनुभयो। यस वर्ष अलैंची उत्पादन राम्रो भएकाले अहिले पोहोरको तुलनामा नयाँ उत्पादन पनि बजारमा आइरहेको उहाँले जानकारी दिनुभयो। भाउ कम हुँदा किसानबाट जुन गुणस्तरमा अलैंची आउनुपर्ने हो, त्यस्तो भने नभएको उहाँको भनाइ छ।

“८० हजारमा बेच्नु परेपछि उहाँहरूले अलैंचीको गुणस्तरलाई पनि खासै ध्यान दिइराख्नुभएको छैन। अर्को कुरा, पोहोरको तुलनामा यस वर्ष नयाँ अलैंचीको कारोबार पनि बढेको छ,” रेग्मीले भन्नुभयो।

प्रतिमन ९० देखि ९५ हजार रुपैयाँसम्म दाम हुँदा किसानहरूले अझै दाम पर्खने गरेकोमा अहिले भने जोखिम महसुस गरेर धमाधम बेच्न थालेका उहाँको भनाइ छ।

अलैंचीको दाम लगातार घट्ने वा बढ्ने भन्ने कुरा खरिदकर्ता मुलुकहरूको मागमा भर पर्ने भएकाले यस वर्ष दाम घट्छ वा बढ्छ भनेर ठोकुवा गर्ने स्थिति भने नरहने उहाँले बताउनुभयो।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

प्रतिकृया दिनुहोस
SITENAME

भारी वर्षाले विपद निम्त्याउन सक्ने भन्दै सतर्क रहन ताप्लेजुङ प्रशासनको आग्रह

रेडियो ताप्लेजुङ असोज ७ गते । असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशभर ठूलो वर्षा हुने पूर्वानुमान रहेकाले जिल्ला प्रशासन कार्यालय

SITENAME

फक्ताङलुङमा असोज ८ देखि २० गतेसम्म खोरेत रोगविरुद्धको निःशुल्क खोप कार्यक्रम

रेडियो ताप्लेजुङ भाद्र ६गते । फक्ताङलुङ गाउँपालिकाले गाईभैँसीलाई लाग्ने खोरेत रोगविरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने भएको

SITENAME

फक्ताङलुङमा असोज ८ देखि २० गतेसम्म खोरेत रोगविरुद्धको निःशुल्क खोप कार्यक्रम

मदन गौतम असोज६गते । फक्ताङलुङ गाउँपालिकाले गाईभैँसीलाई लाग्ने खोरेत रोगविरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। भेटेरिनरी