ताजा खबर

चौथो ताप्लेजुङ गोल्डकपको खर्च साढे ९३ लाख बढी, झन्डै ३५ प्रतिशत रकम उठ्न बाँकी

SITENAME

रेडियो ताप्लेजुङ

असोज ३ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा गत भाद्र १२ देखि १९ गतेसम्म सञ्चालित चौथो ताप्लेजुङ गोल्डकपमा कबोल भएकोमध्ये ३४.७७ प्रतिशत रकम उठ्न बाँकी रहेको आयोजकले जनाएको छ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडामा शनिबार प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै आयोजक लाखे जात्रा सञ्चालन समितिका कोषाध्यक्ष तथा आर्थिक संयोजक दावा शेर्पाले उक्त जानकारी दिनुभएको हो।

प्रतियोगिताभरि विभिन्न स्रोतबाट कुल एक करोड ९३ हजार ५९९ रुपैयाँ आयोजकलाई आम्दानी भएको थियो। त्यसमध्ये हालसम्म ६५ लाख ८८ हजार ५९९ रुपैयाँ प्राप्त भएको आयोजकले जनाएको छ। अब ३५ लाख पाँच हजार रुपैयाँ उठ्न बाँकी रहेको छ।

प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दासम्ममा आयोजकले ९३ लाख ७२ हजार २५० रुपैयाँ खर्च गरेको जनाएको छ। त्यस्तै, २७ लाख ७९ हजार १५० रुपैयाँ विभिन्न निकायलाई तिर्न बाँकी रहेको छ।

अघिल्लो संस्करण र यस संस्करणसमेत सञ्चालन गरेको सागर मादेन नेतृत्वको सञ्चालन समितिले सबै खर्च तथा दायित्व भुक्तानी गरेपछि सात लाख २१ हजार ३४९ रुपैयाँ बचत हुने जनाएको छ।

गोल्डकपमा टिकट बिक्रीबाट मात्रै ३८ लाख २८ हजार ६५० रुपैयाँ संकलन भएको थियो। क्वार्टरफाइनलका चार खेलबाट ११ लाख ९१ हजार २०० रुपैयाँ, सेमिफाइनलका दुई खेलबाट छ लाख ५७ हजार रुपैयाँ र फाइनल खेलबाट २० लाख ३१ हजार ७५० रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ।

 

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ 

प्रतिकृया दिनुहोस
SITENAME

महिनौँपछि सुकेटार आउन लागेको जहाजको उडान अन्तिम समयमा रद्द

रेडियो ताप्लेजुङ आसोज ५गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा महिनौँपछि हुन लागेको काठमाडौँ–ताप्लेजुङ हवाई उडान सोमबार अन्तिम समयमा रद्द भएको

SITENAME

ताप्लेजुङका सात पालिकामा १० घण्टा विद्युत सेवा अवरुद्ध हुने

रेडियो ताप्लेजुङ असोज ३ गते । नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले आइतबार ताप्लेजुङका सातवटा पालिकामा बिहान ७ बजेदेखि साँझ ५

SITENAME

मेरिङ्देनका सबै वडामा खोरेत रोगविरुद्ध पहिलो चरणको खोप कार्यक्रम हुँदै

रेडियो ताप्लेजुङ असोज २गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पशुमा लाग्ने खोरेत रोगविरुद्ध पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।