फुङ्लिङ नगरपालिकाद्वारा वरिष्ठ साहित्यकार थापा १ लाख ५१ हजार रूपैयाँ सहित सम्मानित

रेडियो ताप्लेजुङ
भाद्र १५ गते ।फुङ्लिङ नगरपालिकाले वरिष्ठ साहित्यकार राजेश्वर थापालाई सम्मान गरेको छ।
नगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाकै मिक्काखोला गाउँपालिका वडा नम्बर २ खोक्लिङमा जन्मनुभएका थापालाई १ लाख५१ हजार रुपैयाँ सहित सम्मान गरिएको हो। थापालाई नगरपालिका प्रमुख अमिर मादेन र उपप्रमुख भीमादेवी ओझाले संयुक्त रूपमा नगद तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।
साहित्यकार थापाले जिल्लाका सन्दर्भमा विभिन्न विषयवस्तुहरूलाई समेट्दै साहित्य सृजना गर्नुभएको छ। कार्यक्रममा कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका सचिव शान्तिराम नेपाल,मुक्कुमलुङ साहित्य प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोक,जगमोहन शाक्य साहित्यिक प्रतिष्ठानका अध्यक्ष सुन्दरमोहन शाक्य ,साहित्यकार चन्द्र मादेन ( अन्छान ) लिटल बुद्ध आवासीय माध्यमिक विद्यालय फङ्लिङका प्रधानाध्यापक युवराजगिरी लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

लोदेन क्षेत्रमा पर्यटकको सहजताका लागि डाटा सङ्कलन तथा जानकारीमूलक बोर्ड स्थापना
किरण गदाइली ताप्लेजुङ,अषाढ ३१ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा अवस्थित पर्यटकीय क्षेत्र 'लोदेन ' मा पर्यटक सहजताका लागि जिपीएसमा

शेर्पा सङ्घ मेरिङ्देनद्वारा मौलिक गीति संग्रह छाप्ने अन्तिम तयारी,सृजना पठाउन सर्जकलाई आग्रह
रेडियो ताप्लेजुङ बैशाख १४ गते । शेर्पा समुदायको मौलिक गीति संग्रह ‘स्याब्रु ’ प्रकाशनको तयारीमा लागेको नेपाल शेर्पा सङ्घ मेरिङ्देन गाउँपालिका

अर्जुन कटुवालको निर्देशनमा ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक
रेडियो ताप्लेजुङ पौष ८ गते । अर्जुन कटुवालको निर्देशनमा तयार गरिएको ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाका








प्रतिकृया दिनुहोस