सुरु भयो ताप्लेजुङमै पहिलोपटक फुट्सल प्रतियोगिता

किरण गदाइली
ताप्लेजुङ ,श्रावण ९ गते ।ताप्लेजुङको एकमात्र 'कुलकर्ण फुट्सल'मा जिल्लामै पहिलोपटक फुट्सल प्रतियोगिता सुरु भएको छ।
कुलकर्ण फुट्सल फुङ्लिङ ४ मादेन डाँडाको आयोजना र ताप्लेजुङ जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालित उक्त प्रतियोगितामा कुल २८ टिमको सहभागिता रहेको सञ्चालक नयन मादेनले जानकारी दिनुभएको छ।
२८ टिममध्ये दुई टिम पाँचथर जिल्लाबाट समेत सहभागी भएका हुन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई २५हजार प्रदान गरिने आयोजकले बताएको छ ।
द्वितीय पुरस्कार तोक्मे काउन्टर समूह ताप्लेजुङले प्रायोजन गरेको छ। प्रतियोगिता भरिको उत्कृष्ट खेलाडी 'प्लेयर अफ द टुर्नामेन्ट'ले नगद रु ५हजार प्राप्त गर्नेछन् । उक्त पुरस्कार डिएनजी कन्स्ट्रक्सन ताप्लेजुङले प्रायोजन गरेको आयोजकले बताएको छ।
प्रतियोगिताको समापन आइतबार गरिने ताप्लेजुङ जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङले जानकारी दिनुभयो । वर्षा याममा फुटबल गतिविधिहरू नभइरहेको अवस्थामा फुट्सल खेलको माध्यमबाट युवाहरूलाई एकताबद्ध गराउन प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभएको छ।

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं: नगरप्रमुख मादेन
रेडियो ताप्लेजुङ श्रावण ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

फुनपाले मेची राजमार्ग अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाका विषयमा छलफल गर्ने
रेडियो ताप्लेजुङ , साउन ४ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्ग अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाका विषयमा छलफल गर्ने भएको छ ।

आरिघोप्टे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन ताप्लेजुङ प्रशासनको आग्रह
रेडियो ताप्लेजुङ श्रावण २ गते ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज र भोलि कोशी प्रदेश सहितका स्थानमा आरिघोप्टे वर्षाको सम्भावना रहेकाले





प्रतिकृया दिनुहोस