फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं: नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ
श्रावण ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२ मिटर गर्न सरकारसमक्ष पहल गर्ने बताउनुभएको छ।
सडक सीमाभित्र रहेका संरचनाका विषयमा आज नगरपालिकाको सभाहलमा आयोजित छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख मादेनले सरकारले मेची राजमार्गलाई ३० मिटर चौडा बनाउने निर्णय गरेपछि स्थानीय व्यवसायीहरूमा अन्योल र चिन्ता बढेको बताउनुभयो। उहाँले सडकको चौडाइ दायाँ–बायाँ गरी कुल १२ मिटर कायम गर्न नगरपालिकाले आवस्यक ठानेको उल्लेअ गर्नुभएको छ।
नगरपालिकाले १२ मिटर चौडाइको सडक नै पर्याप्त हुने आधार र आवश्यक दस्तावेज सरकारसमक्ष पेश गर्ने उहाँले जानकारी दिनुभयो।
फुङ्लिङ बजारको भौगोलिक अवस्था तथा अन्य प्राविधिक पक्षलाई ध्यानमा राख्दै ८ देखि १२ मिटर चौडाइको सडक कायम गर्न पहल गरिने बताउँदै मादेनले त्यसका लागि सबै सरोकारवाला एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो। यदि यस विषयमा फरक–फरक धारणा आएमा सरकारले ३० मिटरकै निर्णयमा अडिग रहन सक्ने भन्दै उहाँले सचेत गराउनुभयो।
नगरप्रमुख मादेनले २०८९ सालमै १२ मिटर चौडाइको सडक कायम गर्न पहल भएको स्मरण गराउँदै त्यसबेला स्थानीयवासीबीच सहमति हुन नसक्दा अहिले ३० मिटर चौडाइको विषय अघि आएको बताउनुभयो।

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं : नगरप्रमुख मादेन
रेडियो ताप्लेजुङ श्रावण ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

आरिघोप्टे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन ताप्लेजुङ प्रशासनको आग्रह
रेडियो ताप्लेजुङ श्रावण २ गते ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज र भोलि कोशी प्रदेश सहितका स्थानमा आरिघोप्टे वर्षाको सम्भावना रहेकाले

ताप्लेजुङसहित देशभर विद्युत महसुल काउन्टर चार दिन बन्द हुने
रेडियो ताप्लेजुङ अषाढ २९ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८३/८४ को सुरुआतसँगै एम पावर विलिङ सिस्टममा भ्याटको प्याच कार्यान्वयन





प्रतिकृया दिनुहोस