ताजा खबर

ताप्लेजुङसहित देशभर विद्युत महसुल काउन्टर चार दिन बन्द हुने

SITENAME

रेडियो ताप्लेजुङ
 अषाढ २९ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८३/८४ को सुरुआतसँगै एम पावर विलिङ सिस्टममा भ्याटको  प्याच कार्यान्वयन गर्नुपर्ने भएकाले देशभरका वितरण केन्द्रका महसुल संकलन काउन्टर साउन १ गतेदेखि साउन ४ गतेसम्म बन्द रहने जनाएको छ।
नेपाल सरकारले बजेट भाषण मार्फत नै आर्थिक वर्ष २०८३ /८४ मा ग्राहकको विद्युत महसुलमा भ्याट लागू गर्न निर्देशन दिए अनुसार साउन १ गतेदेखि उक्त नियम कार्यान्वयनमा आउँदैछ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय, राजस्व मिटरिङ तथा अडिटिङ विभागले जारी गरेको सूचनाअनुसार यस अवधिमा महसुल संकलन काउन्टरबाट विद्युत महसुल बुझाउन तथा मिटर रिडिङ र बिलिङसम्बन्धी सेवा उपलब्ध हुने छैन।ताप्लेजुङ वितरण केन्द्रले पनि उक्त अवधिभर काउन्टर बन्द रहने जनाएको छ।
यद्यपि, अनलाइन भुक्तानी प्रणाली (पुरानै बिलिङको नाममा) भने यथावत सञ्चालनमा रहने प्राधिकरणले जनाएको छ। साथै, यस अवधिमा नेपाल विद्युत प्राधिकरणको नियमअनुसार ग्राहकलाई दिइने छुटसम्बन्धी व्यवस्था पनि यथावत रहने उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं: नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ श्रावण  ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

SITENAME

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं : नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ श्रावण  ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

SITENAME

आरिघोप्टे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन ताप्लेजुङ प्रशासनको आग्रह

रेडियो ताप्लेजुङ श्रावण २ गते ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज र भोलि कोशी प्रदेश सहितका स्थानमा आरिघोप्टे वर्षाको सम्भावना रहेकाले