ताजा खबर

लोदेन क्षेत्रमा पर्यटकको सहजताका लागि डाटा सङ्कलन तथा जानकारीमूलक बोर्ड स्थापना (तस्वीरहरू सहित)

SITENAME

किरण गदाइली
ताप्लेजुङ,अषाढ ३१ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा अवस्थित पर्यटकीय क्षेत्र 'लोदेन ' मा पर्यटक सहजताका लागि जिपीएसमा आधारितता डाटा सङ्कलन तथा जानकारी बोर्ड राख्ने कार्य सम्पन्न भएको छ ।

मिक्वाखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२ /८३को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ताप्लेजुङ सदरमुकामदेखि फुङफुङे झरना हुँदै लोदेनसम्मका विभिन्न स्थानहरूमा विज्ञ सहितको टोलीले डाटा संकलन गरेको हो।  विभिन्न स्थानहरू बीचका दूरी,समुद्र सतहदेखि उचाइ ,क्षेत्र ,अवस्थिति आदिको डाटा सङ्कलन गरी सूचना बोर्डहरू समेत राखिएको उक्त कार्यमा संलग्न नुपु शेर्पाले जानकारी दिनुभयो । विशाल क्षेत्रमा फैलिएको उक्त क्षेत्रमा एक पोखरीबाट अर्को पोखरीमा पुग्न स्थानीयहरूलाई नै बाटो बिर्सिएर हैरानी हुने गरेकोमा अब भने सहजता आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

 लोदेन चिनाउने अभियान पाँच वर्षको अवधिमा रहेको बताउँदै  पर्यटनकर्मी हेमराज निरौलाले  लोदेनबारे पर्यटकहरू जानकार हुँदै गएकाले अब भौतिक संरचनामा ध्यान दिनुपर्ने देखिएकाले   पालिकासँगको समन्वयमा  गत अषाढ १२ गतेदेखि एक हप्ता लगाएर पहिलोपटक डाटा  सङ्कलन र बोर्ड राख्ने काम गरिएको बताउनुभएको छ। 

 


"हामीले विगत पाँच वर्ष अगाडि लुकेर रहेको लोदेनलाई इन्टरनेटको माध्यमबाट पर्यटकहरूसामु पुर्‍याउन सफल भयौँ,यस अवधिमा विभिन्न मूलधारका सञ्चार माध्यमहरूमा लोदेन छायो,लोकप्रिय युट्युब च्यानलहरूमा लोदेन देखियो ,अब आउने पर्यटकहरूलाई असहजता नहोस् भनेर यो कार्य गरिएको हो " उहाँले भन्नुभयो ।



अब जिपीएसको आधारमा तयार पारिएको गुगल  अपडेटलाई अफलाइन प्रयोग गर्न सकिनेछ । पर्यटकहरूले बाटोमा नझुकिउन भनेर फलामको पाता र डन्डीसहितको २२ वटा  सूचक बोर्ड राखिएको छ। सदरमुकाम फुङ्लिङबाट ६६ .६  किलोमिटरको दूरीमा क्षेत्र पर्दछ । हाल ५४ . ५ किलोमिटर ' ताङछ्योर्मु ' सम्म सवारी मार्फत पुग्न सकिन्छ । विभिन्न हाइड्रोपावर कम्पनीहरूले संरचना तीव्ररूपमा बनाइरहेकाले निकट भविष्यमा सवारी साधन मार्फत अझै माथिल्लो भेगसम्म जान सकिने निरौला बताउनुहुन्छ ।

 

पर्यटनकर्मी शेर्पाका अनुसार सदरमुकाम फुङ्लिङबाट एक व्यक्ति १० हजार रुपैयाँ लिएर उक्त स्थान पुगेर फर्किन सकिन्छ । पथप्रदशकको  भने छुट्टै खर्च लाग्नेछ  । समूहमा गएमा पथप्रदर्शकको खर्चसहित  १० हजार रुपैयाँमा पुगेर फर्कन सकिन्छ ।शेर्पाका अनुसार शरद तथा मनसुन सिजनमा उक्त स्थानमा घुम्न उपयुक्त मानिन्छ । हरियाली सहित रमाउने भए  सबैभन्दा राम्रो विकल्प मनसुन सिजन उपयुक्त हुने पापुङका स्थानिय बासी समेत रहनुभएका शेर्पाको भनाई छ  ।

 

 

प्रतिकृया दिनुहोस
SITENAME

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं: नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ श्रावण  ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

SITENAME

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं : नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ श्रावण  ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

SITENAME

आरिघोप्टे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन ताप्लेजुङ प्रशासनको आग्रह

रेडियो ताप्लेजुङ श्रावण २ गते ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज र भोलि कोशी प्रदेश सहितका स्थानमा आरिघोप्टे वर्षाको सम्भावना रहेकाले