ताजा खबर

निःशुल्क घुम्ती शिविर सञ्चालन गर्दै पाथीभरा याङ्वरक गाउँपालिका

SITENAME


प्रिशा बस्नेत , असार ३० गते ।
नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले पाथिभरा याङ्वरक गाउँपालिकाले निःशुल्क घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । आगामि साउन ६ गते देखि १२ गते सम्म वडावडामा पुगेर घुम्ती शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।  यो आर्थिक वर्षको त्रैमासिक अन्तिममा प्राप्त गर्ने लाभ ग्राहीको सामाजिक सुरक्षा भत्ता वितरण साथै ६० वर्ष उमेर माथिका नागरिकको स्वास्थ्य परीक्षण गरिने पालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष केशर सुब्बाका अनुसार निःशुल्क घुम्ती शिविर साउन ६ गते पहिलो दिन वडा नम्बर १ नाङ्खोल्याङ, ७ गते वडा नं ३ तिरिङ्गे, ८ गते वडा नं ४ डुम्रिसे, ११ गते वडा नं ५ चाक्सिबोटे र १२ गते वडा नं ६ थुम्बेदिनमा सञ्चालन गरिने छ । ६ वटा वडा रहेको पालिकामा वडा नं २ थेचम्बु बाहेकका वडामा शिविर सञ्चालन हुन लागेको हो । गाउँपालिकाको केन्द्र समेत रहेको थेचम्बुमा लक्ष्मी सनराइज बैँकको शाखा रहेको तथा अत्यावश्यक सम्पूर्ण सेवा प्रवाह हुने भएकोले थेचम्बुमा शिबिर सञ्चालन नहुने पालिकाले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं: नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ श्रावण  ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

SITENAME

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं : नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ श्रावण  ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

SITENAME

आरिघोप्टे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन ताप्लेजुङ प्रशासनको आग्रह

रेडियो ताप्लेजुङ श्रावण २ गते ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज र भोलि कोशी प्रदेश सहितका स्थानमा आरिघोप्टे वर्षाको सम्भावना रहेकाले