ताजा खबर

मेरिङदेनले किसानलाई भकारो सुधार कार्यक्रमका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने

SITENAME


प्रिशा बस्नेत , असार २९ गते ।
मेरिङदेन गाउँपालिकाले पालिका भित्रका किसानलाई गोठ अर्थात भकारो सुधार कार्यक्रमका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुर अधिकारीका अनुसार स्वीकृत कार्यविधि राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको हो ।

अनुदान प्राप्त गर्नका लागि किसानले पशुपालन गरिरहेको हुनुपर्ने बताइएको छ। गाईवस्तुको मलमुत्रमा पाइने खाद्यतत्त्वलाई बचाउन र गुणस्तर वृद्धिका लागि सुरु गरिएको गोठ अर्थात भकार सुधार कार्यक्रमबाट प्रारम्भिक खेतीलाई समेत बढवा दिन सक्ने उद्देश्य राखेर कार्यक्रम सुरु गरिएको पालिकाले जनाएको छ । यसका लागि सम्बन्धित लाभग्राहीले पशुहरूका लागि पानी र गहुत नचुहिने गरी गोठ निर्माण गरेको हुनुपर्ने  , गहुत सङ्कलन व्यवस्थापन गरेको हुनुपर्ने र भकारो मलखाद फ्याक्ने खाडललाई घाम र पानीबाट जोगाउनका लागि छानोको व्यवस्था गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

अनुदान प्राप्त गर्नका लागि कम्तीमा एक माउ गाई वा भैंसी ,बाख्रा कम्तीमा १० माउ र बङ्गुर कम्तीमा पाँच माउ हुनु पर्ने प्रावधान पालिकाले राखेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं: नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ श्रावण  ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

SITENAME

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं : नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ श्रावण  ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

SITENAME

आरिघोप्टे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन ताप्लेजुङ प्रशासनको आग्रह

रेडियो ताप्लेजुङ श्रावण २ गते ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज र भोलि कोशी प्रदेश सहितका स्थानमा आरिघोप्टे वर्षाको सम्भावना रहेकाले