ताजा खबर

ताप्लेजुङका ६ पालिकामा विद्युत सेवा प्रभावित

SITENAME

रेडियो ताप्लेजुङ
अषाढ २७ गते । 
नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले आज र भोलि दुई दिन ताप्लेजुङका चार पालिकामा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ। २ वटा पालिकामा भने  पहिरोका कारण सेवा अवरुद्ध रहेको छ । 
ताप्लेजुङ वितरण केन्द्रका प्रमुख उमेश श्रेष्ठका अनुसार हिटी सब स्टेसनदेखि दोभान फिडर बीचको स्थानमा  नयाँ फिडर निर्माणको कार्य हुने भएकाले  विद्युत अवरुद्ध हुने भएको हो।
हिटी सबस्टेसनदेखि ऐश्वर्य चोक,मेदिबुङ लगायतका स्थानहरूमा नयाँ तार टाङ्गने काम दुई दिनमा गर्ने गरी ताप्लेजुङ वितरण केन्द्र तयारी अवस्थामा रहेको श्रेष्ठले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो । 
उहाँका अनुसार उक्त काम भइरहँदा आठराई  त्रिवेणी,मैवाखोला,मेरिङ्गदेन  र मिक्वाखोला गाउँपालिकामा विद्युत सेवा अवरुद्ध रहनेछ।
विदाको दिन भएकाले  कार्यालयहरुको काम प्रभावित नहुने गरि  काम गर्न लागिएको ताप्लेजुङ वितरण केन्द्रले जनाएको छ। 
दोभान फिडरको भारवहन   लामो दूरी(  निगुरादिन देखि पापुङसम्म )  विद्युत प्रवाह हुने भएकाले समस्याहरू आइरहेको प्रमुख श्रेष्ठले  बताउनुभएको छ।
उता सिनाम ३३ केभी लाइनअन्तर्गत कावेली खोला( चिउरीगोलाई)मा पहिरो झरेर मेनलाइनको दुईवटा पोल बगाउँदा जिल्लाको सिरिजङ्घा  र सिदिंवा गाउँपालिकामा विद्युत सेवा अवरुद्ध छ।पहिरोले विद्युतको तार तथा पोल पुरेको छ। उक्त क्षेत्रमा विद्युत प्रवाहको लागि जनशक्ति परिचालन भइसकेको श्रेष्ठले जानकारी दिनुभएको छ। आज रातिसम्ममा विद्युत सेवा सञ्चालन गर्न  सकिनेगरी प्रयास  गरिने उहाँले बताउनुभएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं: नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ श्रावण  ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

SITENAME

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं : नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ श्रावण  ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

SITENAME

आरिघोप्टे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन ताप्लेजुङ प्रशासनको आग्रह

रेडियो ताप्लेजुङ श्रावण २ गते ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज र भोलि कोशी प्रदेश सहितका स्थानमा आरिघोप्टे वर्षाको सम्भावना रहेकाले