ताजा खबर

बिना अनुमति ड्रोन उडान नगर्न ताप्लेजुङ प्रशासनको चेतावनी

SITENAME

रेडियो ताप्लेजुङ 

अषाढ २६ गते ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अनुमति लिएर मात्रै ड्रोन उडान गर्न सूचित गरेको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले शुक्रबार सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानहरूमा प्रचलित कानुनको प्रतिकूल मानवरहित हवाई उपकरण ( ड्रोन ) उडान गरेको गुनासो आएका कारण कानुनसम्मत उडान गर्नका लागि सूचना जारी गरिएको बताउनुभएको छ।

नागरिकको गोपनियता एवं व्यक्तिगत सुरक्षा ,सार्वजनिक,पुरातात्विक, धार्मिक ,ऐतिहासिक ,संस्कृतिक असर तथा सामरिक प्रभाव एवं सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अनुमति लिएर मात्र उडान गर्न प्रशासनले आग्रह गरेको जनाएको छ । 

मानवरहित हवाई उपकरण ड्रोन उडान सम्बन्धी कार्यविधि २०७५ मा " ड्रोन अनिवार्य रूपमा दर्ता गरी यूआईएन लिनुपर्ने,बनोट तथा उडान तौल क्षमता अनुसार ड्रोन एवं सोको उडान वर्गीकरण,उचाइ, उडान गर्ने समय,पाइलटको योग्यता,उडान गर्न पाइने कार्यक्षेत्र,उडान अनुमति ,म्याद तथा नवीकरण,उडान गर्दा पालना गर्नुपर्ने शर्त,पालना नगरेमा हुने कानुनी कारबाही,उडानको निरीक्षण तथा अनुगमन गर्ने/ गराउने लगायत इजाजत खारेजी तथा ड्रोन जफत हुन सक्नेसम्मका प्रावधान रहेको बेहोरा प्रशासनले खुलाएको छ।  

"कानुनी प्रक्रिया पूरा नगरी पूर्व स्वीकृति बिना ड्रोन उडान नगर्न / गर्न नदिन सम्बद्ध सबैलाई सूचित गरिन्छ यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानुन बमोजिम भइजाने व्यहोरा समेत सबैलाई जानकारी गराइन्छ । " प्रशासनले सूचनामा भनेको छ।

प्रतिकृया दिनुहोस
SITENAME

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं: नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ श्रावण  ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

SITENAME

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं : नगरप्रमुख मादेन

रेडियो ताप्लेजुङ श्रावण  ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

SITENAME

आरिघोप्टे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन ताप्लेजुङ प्रशासनको आग्रह

रेडियो ताप्लेजुङ श्रावण २ गते ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज र भोलि कोशी प्रदेश सहितका स्थानमा आरिघोप्टे वर्षाको सम्भावना रहेकाले