ताजा खबर

अर्जुन कटुवालको निर्देशनमा ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक

SITENAME

रेडियो ताप्लेजुङ
पौष ८ गते । अर्जुन कटुवालको निर्देशनमा तयार गरिएको ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाका विभिन्न पर्यटकीय तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरू समेटेर तयार गरिएको उक्त म्युजिक भिडियोले जन्मथलोप्रतिको माया र सम्झनालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
गीतमा गायक राजु खवासको स्वर रहेको छ भने शब्द *कल्याण गुरुङ (दार्जिलिङ)*ले लेख्नुभएको हो। संगीत संयोजन पर्वत श्रेष्ठले गर्नुभएको छ भने भिडियोका निर्माता काजी गुरुङ रहनुभएको छ।
म्युजिक भिडियोमा देउमान प्रताप लिम्बू र सुनीता रसाइलीले अभिनय गर्नुभएको छ। भिडियोको छायांकन ताप्लेजुङका सुकेटार, सानिमा हाइड्रोपावरलगायतका आकर्षक स्थानहरूमा गरिएको हो।
क्यामेरा कार्य अर्जुन कटुवाल र आमोश लिम्बूले सम्हाल्नुभएको छ। कथावस्तुमा रोजगारीको खोजीमा विदेशिन बाध्य भएका ताप्लेजुङका युवाहरू र विदेश पुगेपछि जन्मथलोको सम्झनाले सताउने भावनालाई मार्मिक ढंगले समेटिएको छ।
उक्त म्युजिक भिडियो निर्माता काजी गुरुङको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोले ताप्लेजुङको प्राकृतिक सुन्दरता, युवा पुस्ताको पीडा र मातृभूमिप्रतिको आत्मीय भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

प्रतिकृया दिनुहोस
SITENAME

लोदेन क्षेत्रमा पर्यटकको सहजताका लागि डाटा सङ्कलन तथा जानकारीमूलक बोर्ड स्थापना

किरण गदाइली ताप्लेजुङ,अषाढ ३१ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा अवस्थित पर्यटकीय क्षेत्र 'लोदेन ' मा पर्यटक सहजताका लागि जिपीएसमा

SITENAME

शेर्पा सङ्घ मेरिङ्देनद्वारा मौलिक गीति संग्रह छाप्ने अन्तिम तयारी,सृजना पठाउन सर्जकलाई आग्रह

रेडियो ताप्लेजुङ बैशाख १४ गते । शेर्पा समुदायको मौलिक गीति संग्रह ‘स्याब्रु ’ प्रकाशनको तयारीमा लागेको  नेपाल शेर्पा सङ्घ मेरिङ्देन गाउँपालिका

SITENAME

ताप्लेजुङमा भाग्यशाली चिठ्ठा कार्यक्रमः बुलेटबाईकदेखि फ्रिजसम्म उपहार

रेडियो ताप्लेजुङ असोज २८ गते । चाडपर्वहरुको अबसरमा ताप्लेजुङमा मंसिर २९ गते भाग्यशाली चिठ्ठा सार्वजनिक गर्नेगरि चिठ्ठा कार्यक्रम सुरु भएको छ । दशै