ताजा खबर

ताप्लेजुङमा चट्याङ लागेर एक युवकको ज्यान गयो

RadioTaplajung

रेडियो ताप्लेजुङ,ताप्लेजुङ,चैत्र २० गते
गयराती अविरल बर्षा सगै चट्याङ पर्दा ताप्लेज्ुङको सिरिजङ्घा गाउँपालिकामा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक कैलाशकुमार राईका अनुसार मृत्यु हुनेमा शोहि गाउँपालिका २ आम्वेगुदिन ल्यासा टोलका २३ बर्षिय  मुकेश भट्टराई रहेका छन् । शनिवार बेलुका करिव ८ वजे स्थानीय रण बहादुर चौहानको दुग्ध डेरी अगाडि बसिरहेका उनलाई चट्याङ लागेकोथियो । घटना लगतै स्थानीयले उनलाई प्राथमिक उपचार केन्द्र पु¥याएपनि चिकित्सकले मृतक घोषण गरेकाथिए ।भर्खरै सम्पन्न अन्तरपालिका स्तरीय मेयर कपको उपविजेता सिरिजङ्घा गाउँपालिकाका भलिबल खेलाडी भट्टराईको निधनले जिल्ला भलिवल संघलाई अपुरणिय क्ष्यति पुगेको संघले जनाएको छ  ।

प्रतिकृया दिनुहोस