ताप्लेजुङमा दलित मुक्ति मोर्चाको एकता भेला सम्पन्न

रेडियो ताप्लेजुङ
असोज २५ गते ।साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चा र दलित मुक्ति सङ्गठनको एकता भेला सदरमुकाम फुङ्लिङमा सम्पन्न भएको छ।
भेलाले संयोजकमा दिनेश खाती र सहसंयोजकमा कृष्ण लुहारसहित ९५ सदस्यीय कमिटी गठन गरेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता भई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि यी सङ्गठनहरूलाई पनि एकता गरिएको नेकपाका प्रदेश कमिटी सदस्य गङ्गा शङ्करले जानकारी दिनुभयो।
एकतापछि सङ्गठनको नाम ‘दलित मुक्ति मोर्चा’ राखिएको छ। उक्त भेलाबाट १७ सदस्यीय संयोजन समिति समेत गठन गरिएको शङ्करले जानकारी दिनुभयो।
पार्टी कार्यालय फुङ्लिङमा सम्पन्न भेलामा पार्टीका प्रदेश कमिटीस्तरका नेताहरू विष्णु हाङबाङ, निता कुमारी सिवा, सागरमणि गौतम र नेत्र नेपालीलगायतको उपस्थिति रहेको थियो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

नवरात्रको पहिलो दिन झन्डै एक हजार भक्तजन पाथीभरा पुगे
रेडियो ताप्लेजुङ असोज २५ गते ।नवरात्रको पहिलो दिन प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज झन्डै एक हजार जना भक्तजन पुगेका छन्। पाथीभरा क्षेत्र विकास

नवरात्रको पहिलो दिन झन्डै एक हजार भक्तजन पाथीभरा पुगे
रेडियो ताप्लेजुङ असोज २५ गते ।नवरात्रको पहिलो दिन प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज झन्डै एक हजार जना भक्तजन पुगेका छन्। पाथीभरा क्षेत्र विकास

चिरीच्याट्ट पारियो पाथीभरा परिसर
रेडियो ताप्लेजुङ असोज २४ गते ।नवरात्र प्रारम्भ भएस“गै तिर्थयात्रीको भिड लाग्ने पाथीभरा मन्दीर क्षेत्र धजापतका सहितका समग्रीले सजाएर






..jpeg)
.jpeg)

प्रतिकृया दिनुहोस