नवरात्रको पहिलो दिन झन्डै एक हजार भक्तजन पाथीभरा पुगे

रेडियो ताप्लेजुङ
असोज २५ गते ।नवरात्रको पहिलो दिन प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज झन्डै एक हजार जना भक्तजन पुगेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज ९९७ जना भक्तजन पुगेका छन्।
यस वर्ष विगतका वर्षको तुलनामा यो समयमा केही कम सङ्ख्यामा भक्तजन आएका क्षेत्र विकास समितिका कर्मचारी डिल्ली भट्टराईले जानकारी दिनुभयो। कार्यालय तथा विद्यालयहरू अझै सञ्चालनमा रहेकाले भक्तजनको सङ्ख्यामा कमी आएको हुन सक्ने उहाँले बताउनुभयो। माथिल्लो फेदीमा पनि भोलि दर्शन गर्न जाने गरी कमै सङ्ख्यामा भक्तजन आएका उहाँले बताउनुभयो।
“बाढीपहिरोको प्रकोप र विद्यालय तथा कार्यालयहरू सञ्चालन भइरहेकै अवस्थाका कारण यस वर्ष अलि कम भक्तजन आउनुभएको छ। तर, अब सङ्ख्या बढ्ने अपेक्षा गरेका छौँ,” उहाँले रेडियो ताप्लेजुङसँग कुरा गर्दै भन्नुभयो।
यसैबीच, क्षेत्र विकास समितिले दर्शन गर्न आउने दर्शनार्थीका लागि विशेष अनुरोध जारी गरेको छ। चिसो बढेकाले न्यानो कपडा लगाउन र तातो झोलिलो पदार्थ सेवन गर्न समितिले अनुरोध गरेको छ। साथै, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरिएको छ।
दर्शनार्थीको स्वास्थ्यमा समस्या आएमा तत्काल बलुडाँडानजिक रहेको स्वास्थ्य सेवा केन्द्र, माथिल्लो फेदी तथा मन्दिर परिसरमा रहेको स्वास्थ्य सेवा केन्द्रमा सम्पर्क गर्न समितिले आग्रह गरेको छ।
दर्शनार्थीको सहजताका लागि स्वास्थ्य परीक्षणलगायत स्वास्थ्यसम्बन्धी सेवाहरू स्वास्थ्य सेवा केन्द्रमार्फत प्रदान भइरहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

ताप्लेजुङमा दलित मुक्ति मोर्चाको एकता भेला सम्पन्न
रेडियो ताप्लेजुङ असोज २५ गते ।साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चा र दलित मुक्ति सङ्गठनको एकता

नवरात्रको पहिलो दिन झन्डै एक हजार भक्तजन पाथीभरा पुगे
रेडियो ताप्लेजुङ असोज २५ गते ।नवरात्रको पहिलो दिन प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज झन्डै एक हजार जना भक्तजन पुगेका छन्। पाथीभरा क्षेत्र विकास

चिरीच्याट्ट पारियो पाथीभरा परिसर
रेडियो ताप्लेजुङ असोज २४ गते ।नवरात्र प्रारम्भ भएस“गै तिर्थयात्रीको भिड लाग्ने पाथीभरा मन्दीर क्षेत्र धजापतका सहितका समग्रीले सजाएर






..jpeg)
.jpeg)

प्रतिकृया दिनुहोस