प्रसिद्ध शक्तिपीठ पाथीभरामा सयौँ भेडाको पूजा

रेडियो ताप्लेजुङ
असोज १९ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा सोमबार सयौँ भेडाको पूजा गरिएको छ।
पाथीभरा उत्पत्तिको किम्बदन्तीसँग जोडिएको भेडाको बथान लेकबाट औँलतर्फ झर्ने क्रममा पाथीभरामा पुगेपछि पूजा गरिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो। उहाँका अनुसार २०० भेडाको पूजा गरिएको हो।
समुद्र सतहदेखि ३ हजार ७ सय ९४ मिटरको उचाइमा अवस्थित पाथीभरा मन्दिरको उत्पत्ति भेडासँग जोडिएको छ। सो ठाउँमा चराउन लगिएका ४०० भेडा एकैचोटि अलप भएपछि निराश भएका गोठालाहरूले राति एउटै सपना देखेको र सपनामा उक्त स्थानमा देवीको बास भएको तथा फोहोरमैला गरेकाले भेडाहरू अलप भएको जानकारी पाएको किम्बदन्ती छ।
सपनामा भनिएझैँ भोलिपल्ट पूजाआजा गर्दा ती सबै भेडा यथास्थानमा भेटिएको भन्ने कुरा पाथीभरा देवीको उत्पत्तिसँग जोडिएको किम्बदन्ती हो।
ती गोठालाहरूले उक्त स्थानमा देवीको बास भएको भन्दै गाउँलेहरूलाई बताएपछि पाथीभराको दर्शन हुन थालेको मान्यता छ।
प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल र भारतबाट मात्र नभई तेस्रो मुलुकबाट समेत श्रद्धालु दर्शनका लागि आउने गरेका छन्। एकै दिनमा २४–२५ हजार जनासम्मले दर्शन गरेको तथ्याङ्क रहेको कर्मचारी महतले जानकारी दिनुभयो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

पाथीभरा क्षेत्रमा असिना
रेडियो ताप्लेजुङ असोज १९ गते । पाथीभरा क्षेत्रमा सोमबार दिउँसो बाक्लो असिना परेको छ। केही दिनयता मौसम बदली तथा वर्षा भइरहेकोमा आज ३ बजेको समयमा

पाथीभरा यात्रा पूर्वतयारी र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन क्षेत्र विकास समितिको आग्रह
रेडियो ताप्लेजुङ असोज १९ गते । पाथीभरा दर्शनका लागि जाने भक्तजनलाई यात्रा पूर्वतयारी र स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन पाथीभरा क्षेत्र
.jpeg)
राप्रपाद्वारा दोभान अग्नि पीडितलाई ५१ हजार नगद सहयोग
रेडियो ताप्लेजुङ असोज १८ गते । गत असोज ८ गते दिउँसो भएको आगलागीबाट पीडित ताप्लेजुङका दोभानवासीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला




.jpeg)

..jpeg)


प्रतिकृया दिनुहोस