ताजा खबर

‘अब तमोर रातो बग्छ’ को ताप्लेजुङमा समीक्षा

SITENAME

किरण गदाइली


ताप्लेजुङ, असोज २३ गते । पाँचथर निवासी साहित्यकार डा. मधुराज केरुङको गजल कृति ‘अब तमोर रातो बग्छ’ को ताप्लेजुङमा विशेष समीक्षा भएको छ। मुक्कुमलुङ साहित्य प्रतिष्ठानको आयोजनामा शुक्रबार कृतिमाथि समीक्षा गरिएको हो। रेडियो ताप्लेजुङको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका साहित्यकारहरूको उपस्थिति रहेको थियो।

वर्तमान तथा अग्रज साहित्यकारहरूले उक्त कृतिमाथि आफ्नो धारणा प्रस्तुत गर्दै कृतिभित्र रहेका रचना वाचन गरेका थिए। साहित्य प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले साहित्यकार केरुङको परिचय गराउनुभएको थियो। हेल्लोकका अनुसार साहित्यकार केरुङ पाँचथर बहुमुखी क्याम्पसमा सहप्राध्यापकको रूपमा समेत कार्यरत रहनुभएको छ। डा. केरुङ लिम्बू समुदायबाट कम उमेरमा विद्यावारिधि गर्ने व्यक्तिसमेत रहेको उहाँले उल्लेख गर्नुभयो। हेल्लोकका अनुसार उक्त कृतिभित्र ११२ पृष्ठमा १०५ वटा गजल छन्। लोक छन्द, लिम्बू मुन्धुमी छन्द कृतिभित्र पाउन सकिने उहाँले बताउनुभएको छ।

वरिष्ठ साहित्यकार लेकाली कान्छा (मुक्कुम)ले बहुआयामिक साहित्यकार केरुङको गजल कृतिको समीक्षा गर्न पाउँदा आभार व्यक्त गर्नुभयो। स्थानीय बोलीको लवज, पहिरनलगायत कुराहरूलाई प्रयोग गरेको उहाँको भनाइ छ। मुक्कुमले केरुङद्वारा लिखित पुस्तकमा रहेका लिम्बू लवजका शब्दहरूको अर्थसमेत प्रस्ट्याउनुभएको थियो। उहाँले लिम्बू मौलिकतामार्फत रचना वाचन गर्नुभएको थियो।

त्यस्तै, कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका सचिव शान्तिराम नेपालले आफूलाई पहिलो झट्काले अपरिचित साहित्यकार केरुङसँग परिचित गराएको बताउनुभयो। उहाँका अनुसार उक्त कृतिभित्र विद्रोह, जागरणलगायत विषय समाविष्ट छन्। स्खलन भइरहेको मानव मूल्यको उजागर, अन्यायविरुद्ध आवाज उठाउन आह्वान, गरिबीको वर्णन, संस्कृति, संस्कारलगायतका विषयलाई समेटिएको आफूले पाएको उहाँले उल्लेख गर्नुभयो।

साहित्यकार होमनाथ दाहालले केरुङको कृतिमा लिम्बुवानी माटोका पक्षमा कलम चलाएको आफूले पाएको उल्लेख गर्नुभयो। सदरमुकाम फुङ्लिङस्थित अक्सफोर्ड आवासीय माविका प्रधानाध्यापक तिरेष कार्कीले शैक्षिक क्षेत्रलाई समेत दृष्टिगत गरी रचना प्रस्तुत गरेको बताउनुभयो।

कार्यक्रम सञ्चालक तथा मुक्कुमलुङ साहित्य प्रतिष्ठानका सचिव साहित्यकार नवराज आचार्यले मौलिकता भएको उक्त कृतिभित्र पहिचान र कला लुकेको उल्लेख गर्नुभयो।

सोही कार्यक्रममा साहित्यकारहरू मणि सेम्बु, सीता पिरती, (स्काई) नवीन लाम्गादे, अनिशा वि.क., रीता घिमिरे (घायल), आईतराज खजुम, तेज मैनाली र प्रशान्त लेखकले समेत कृतिभित्रका रचनाहरू प्रस्तुत गर्नुभएको थियो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

मिक्वाखोलाको पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन

रेडियो ताप्लेजुङ असोज २३ गते । मिक्वाखोला गाउँपालिका–४ स्थित थलाङमा पाँच शय्याको आधारभूत अस्पताल उद्घाटन भएको छ। ६ करोड ७८ लाख ५३३ रुपैयाँ

SITENAME

दोभान अग्निपीडितलाई ५ लाख ६० हजार सहयोग

रेडियो ताप्लेजुङ असोज २२ गते । नेपाल बौद्ध महायान केन्द्र गुम्बा (कपन गोन्पा) तथा कपन हेल्पिङ ह्यान्ड्सको सहयोग र नेपाल  शेर्पा सङ्घ जिल्ला

SITENAME

लागू औषधसहित हुलाक लाइनबाट एक पुरुष पक्राउ

रेडियो ताप्लेजुङ असोज २१ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागू औषधसहित एक पुरुषलाई पक्राउ गरेको छ। फुङ्लिङ नगरपालिका–४ स्थित हुलाक लाइन