दोभान अग्निपीडितलाई ५ लाख ६० हजार सहयोग

रेडियो ताप्लेजुङ
असोज २२ गते । नेपाल बौद्ध महायान केन्द्र गुम्बा (कपन गोन्पा) तथा कपन हेल्पिङ ह्यान्ड्सको सहयोग र नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समितिको समन्वयमा बिहीबार दोभान अग्निपीडितलाई ५ लाख ६० हजार रुपैयाँ राहत प्रदान गरिएको छ।
क्षतिको विवरणका आधारमा १६ पीडित परिवारलाई उक्त रकम वितरण गरिएको शेर्पा सङ्घ जिल्ला समन्वय समिति अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो। उहाँका अनुसार अधिकतम ५६ हजारदेखि न्यूनतम १७ हजार ६ सय रुपैयाँसम्म क्षतिको विवरणका आधारमा प्रदान गरिएको हो।
गत असोज ८ गते दिउँसो भएको आगलागीबाट पीडित परिवारलाई पुनःस्थापना गर्ने उद्देश्यले विभिन्न निकायबाट राहत वितरण कार्य जारी छ। मेरिङदेन गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गजेन्द्र नाल्बोका अनुसार हालसम्म २० लाख ६१ हजार ९ सय ८० रुपैयाँ राहतस्वरूप सङ्कलन भई पीडितलाई प्रदान गरिएको छ। सहयोगी दाताहरूले नगद तथा दैनिक उपभोग्य सामग्रीहरू समेत उपलब्ध गराएका छन्।
सहयोगका लागि मेरिङदेन गाउँपालिकाले भने प्रकोप व्यवस्थापन खाता समेत सञ्चालनमा ल्याएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ
..jpeg)
लागू औषधसहित हुलाक लाइनबाट एक पुरुष पक्राउ
रेडियो ताप्लेजुङ असोज २१ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागू औषधसहित एक पुरुषलाई पक्राउ गरेको छ। फुङ्लिङ नगरपालिका–४ स्थित हुलाक लाइन

दोभान अग्नि पीडितलाई ९७ हजार बढी आर्थिक सहयोग
रेडियो ताप्लेजुङ असोज २१ गते । दोभान अग्नि पीडितहरूलाई विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। जसअनुसार बुधबार विभिन्न व्यक्ति तथा ताप्लेजुङ
.jpeg)
इलाका प्रशासन कार्यालय तेल्लोकले राष्ट्रिय परिचयपत्र सङ्कलन सेवा सुरु गर्यो
रेडियो ताप्लेजुङ असोज २० गते । इलाका प्रशासन कार्यालय ,तेल्लोकले राष्ट्रिय परिचयपत्र सङ्कलन सेवा मङ्गलबारदेखि सुरु गरेको छ । हाललाई


..jpeg)

.jpeg)

..jpeg)
प्रतिकृया दिनुहोस