ताजा खबर

पाथीभरा यात्रा पूर्वतयारी र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन क्षेत्र विकास समितिको आग्रह

SITENAME

रेडियो ताप्लेजुङ



असोज १९ गते । पाथीभरा दर्शनका लागि जाने भक्तजनलाई यात्रा पूर्वतयारी र स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन पाथीभरा क्षेत्र विकास समितिले आग्रह गरेको छ।

दर्शनका लागि जाँदा बिस्तारै हिँड्न, पर्याप्त झोल पदार्थ सेवन गर्न, जरुरी औषधिहरू साथै लैजान तथा धूम्रपान र मद्यपान नगर्न समितिले आग्रह गरेको छ। टाउको दुखेमा वा रिँगटा लागेमा तुरुन्तै केही तल्लो उचाइमा झरेर आराम गर्न पनि आग्रह गरिएको छ। कोभिड वा निमोनिया भएर निको भएको भए पनि उचाइ र चिसोमा विशेष ख्याल गर्न क्षेत्र विकास समितिको सुझाव छ।

त्यस्तै, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न क्षेत्र विकास समितिले आग्रह गरेको छ। यात्रा गर्नुअघि यस्ता उमेर समूहका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गर्नु अत्यावश्यक हुने बताइएको छ। न्यानो कपडा र पौष्टिक आहारसहित उहाँहरूका लागि पर्याप्त तातो कपडा, सजिलै पच्ने खानेकुरा र तातो पेय पदार्थ साथमै राख्न सुझाव दिइएको छ।

बालबालिका र ज्येष्ठ नागरिकलाई आफ्नै गतिमा हिँड्न दिन र बीचमा आराम गराउन पनि क्षेत्र विकास समितिले आग्रह गरेको छ। पाथीभरा यात्राका क्रममा काफ्लेपाटीदेखि मन्दिरसम्म स्वास्थ्य समस्या भएमा प्राथमिक जाँच तथा उपचारका लागि निःशुल्क सहायता लिनसमेत क्षेत्र विकास समितिले सूचना जारी गर्दै अनुरोध गरेको छ।

भक्तजनको उल्लेख्य उपस्थिति रहने समय सुरु हुँदै गर्दा क्षेत्र विकास समितिले यस्तो आग्रह गरेको हो।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

प्रसिद्ध शक्तिपीठ पाथीभरामा सयौँ भेडाको पूजा

रेडियो ताप्लेजुङ असोज १९ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा सोमबार सयौँ भेडाको पूजा गरिएको छ। पाथीभरा उत्पत्तिको किम्बदन्तीसँग जोडिएको भेडाको

SITENAME

पाथीभरा क्षेत्रमा असिना

रेडियो ताप्लेजुङ असोज १९ गते । पाथीभरा क्षेत्रमा सोमबार दिउँसो बाक्लो असिना परेको छ। केही दिनयता मौसम बदली तथा वर्षा भइरहेकोमा आज ३ बजेको समयमा

SITENAME

राप्रपाद्वारा दोभान अग्नि पीडितलाई ५१ हजार नगद सहयोग

रेडियो ताप्लेजुङ असोज १८ गते । गत असोज ८ गते दिउँसो भएको आगलागीबाट पीडित ताप्लेजुङका दोभानवासीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला