पाथीभरा क्षेत्रमा असिना

रेडियो ताप्लेजुङ
असोज १९ गते । पाथीभरा क्षेत्रमा सोमबार दिउँसो बाक्लो असिना परेको छ। केही दिनयता मौसम बदली तथा वर्षा भइरहेकोमा आज ३ बजेको समयमा असिना परेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभएको छ।
सोह्रश्राद्ध भएकाले अहिले भक्तजनको सङ्ख्यामा भने कमी आएको छ। अब नवरात्रको समयमा भक्तजनको सङ्ख्या अधिक हुनेछ। पाथीभरा दर्शनका लागि आउने भक्तजनले अब भने चिसोबाट विशेष सावधान हुनुपर्ने बेला आएको कर्मचारी महतले जानकारी दिनुभयो।
“यो समय त सोह्रश्राद्ध भएकाले भक्तजनहरू कमै मात्रामा आउनुहुन्छ। तर, नवरात्रमा अधिक भक्तजन आउनुहुन्छ। पानी परेसँगै जाडो बढेको छ। अब आउने भक्तजनहरूले चिसोबाट विशेष सावधान भएर आउनुपर्ने भयो,” उहाँले रेडियो ताप्लेजुङसँग भन्नुभयो।
सोह्रश्राद्धका बेलामा बलि दिन नहुने मान्यताका कारण भक्तजनले यो समयमा कमै मात्रामा दर्शन गर्ने गरेका छन् भने पूजाआजा गर्दा बलिको सट्टामा परेवा उडाएर गर्ने गरेका छन्।
नवरात्रको समयमा भने पाथीभरामा भक्तजनको चहलपहल बढ्ने गरेको छ। नवरात्र सुरु भएसँगै माथिल्लो फेदीबाट रातको समयमा समेत भक्तजनहरू दर्शनका लागि पाथीभरा मन्दिरतर्फ जाने गरेका छन्।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

प्रसिद्ध शक्तिपीठ पाथीभरामा सयौँ भेडाको पूजा
रेडियो ताप्लेजुङ असोज १९ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा सोमबार सयौँ भेडाको पूजा गरिएको छ। पाथीभरा उत्पत्तिको किम्बदन्तीसँग जोडिएको भेडाको

पाथीभरा यात्रा पूर्वतयारी र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन क्षेत्र विकास समितिको आग्रह
रेडियो ताप्लेजुङ असोज १९ गते । पाथीभरा दर्शनका लागि जाने भक्तजनलाई यात्रा पूर्वतयारी र स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन पाथीभरा क्षेत्र
.jpeg)
राप्रपाद्वारा दोभान अग्नि पीडितलाई ५१ हजार नगद सहयोग
रेडियो ताप्लेजुङ असोज १८ गते । गत असोज ८ गते दिउँसो भएको आगलागीबाट पीडित ताप्लेजुङका दोभानवासीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला




.jpeg)

..jpeg)


प्रतिकृया दिनुहोस