ताजा खबर

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने

SITENAME

रेडियो ताप्लेजुङ
ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले २६ लाख १५ हजार ७४२ रुपैयाँ १७ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति)का अनुसार भदौ २६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक एवं सेवा सुविधाबाट रकम कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

जसअनुसार गाउँपालिकाका जनप्रतिनिधिको सेवा सुविधाबाट १५ दिन बराबरको एकमुष्ट २ लाख ३४ हजार २५० रुपैयाँ, गाउँपालिकामा कार्यरत कर्मचारीको तलब स्केलबाट ६ लाख ४८ हजार ५३२ रुपैयाँ तथा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलब स्केलबाट १७ लाख ३२ हजार ९६० रुपैयाँ १७ पैसा कट्टा गरी कोषमा जम्मा गरिने भएको छ।

विपत्तिबाट सिर्जित शोक र पीडाको घडीमा एकता, सहकार्य र मानवीय सेवाको भावनासहित प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा जुट्न पालिकाले सम्पूर्ण पक्षलाई आग्रह गरेको छ।

राष्ट्रिय विपद्को घडीमा दुःखमा परेका नागरिकलाई राज्य, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, संघसंस्था तथा आम नागरिक सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु मानवीय दायित्व भएको गाउँपालिका अध्यक्ष लिम्बुले बताउनुभएको छ।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ 

प्रतिकृया दिनुहोस
SITENAME

प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा

रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान

SITENAME

पाथीभरा याङवरकद्वारा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आह्वान

रेडियो ताप्लेजुङ भाद्र २८ गते । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङले पालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबिबिएस

SITENAME

पालुङवाको अन्येष्टि फुङलिङ ३ को मसानेघाटमा

भाद्र २८, २०८३  ताप्लेजुङ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष एवं कञ्चनजङ्घा बोर्डिङ इंङ्गलिस स्कुलका