पालुङवाको अन्येष्टि फुङलिङ ३ को मसानेघाटमा

भाद्र २८, २०८३
ताप्लेजुङ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष एवं कञ्चनजङ्घा बोर्डिङ इंङ्गलिस स्कुलका प्रिन्सिपल काजी पालुङवाको अन्येष्टि आइतबार मसाने घाटमा गरिने भएको छ ।
यो घाट फुङलिङ नगरपालिका ३ मा रहेको छ । मैवाखोला र तमोर नदी मिसिने स्थानमा अन्येष्टि गर्ने गरिएको परिवारका सदस्यले बताएका छन् । वाड्नं ३ का वडाध्यक्ष टङ्क पालुङवाका अनुसार बिहान १० वजे शव यात्रा प्रारम्भ गरी बहानन्दे पालुङवाचोक सिकारीडाँडा हान्द्रुङको ठोक्रे भएर मसानेघाट पुर्याइने छ ।
पालुङवाको शव आइतबार बिहान २ः३० वजे सदरमुकाम फुङलिङ स्थित निवासमा ल्याइ पुर्याइएको छ । फोक्सोमा भएको क्यान्सरका कारण डेढ वर्षदेखि राजधानी काठमाडौँको एक अस्पतालमा उपचार गराइरहेका पालुङवाको शनिबार बिहान १ वजे मृत्यु भएको हो ।
परिवारका अनुसार स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि पालुङवालाई शुक्रबार नै हेलिकप्टर बाट ताप्लेजुङ ल्याउने तयारी थियो । तर प्राविधिक कारणले शनिबार बिहान ल्याउने तयारी गरिएको भएपनि रातिनै निधन भयो ।
वाल सुवोधिनी संस्कृत माध्यमिक विद्यालयको अङ्ग्रेजी विषयको शिक्षक भएर शिक्षा क्षेत्रमा प्रवेश गरेका पालुङवाले निजी विद्यालय सञ्चालनमा ल्याएपछि त्यही कार्यरत रहेका थिए ।
पालुङवा प्याब्सनको दुई पटक केन्द्रीय सदस्य भएका थिए । २०२४ सालमा जन्मिएका पालुङवाको ६० वर्षको उमेरमा निधन भएको हो ।

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले

प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान
..jpeg)
पाथीभरा याङवरकद्वारा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आह्वान
रेडियो ताप्लेजुङ भाद्र २८ गते । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङले पालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबिबिएस








प्रतिकृया दिनुहोस