पाथीभरा याङवरकद्वारा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आह्वान
..jpeg)
रेडियो ताप्लेजुङ
भाद्र २८ गते । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङले पालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेको छ।
विद्यार्थीहरूले असोज ६ गतेदेखि १० गतेसम्म आवश्यक कागजातसहित गाउँपालिकाको केन्द्र थेचम्बुमा सम्पर्क गर्नुपर्ने सूचना अधिकारी दीपेन्द्र कोइरालाले जानकारी दिनुभयो।
गाउँपालिकाले गत वर्ष प्रदान गरेको छात्रवृत्तिबाट दुई विद्यार्थी लाभान्वित भएका थिए। चार लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा दुई विद्यार्थीलाई जनही दुई लाख रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको सूचना अधिकारी कोइरालाले बताउनुभयो।
यस वर्ष पनि सोही रकम बराबरको छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाले जनाएको छ। विद्यार्थीहरूबाट निवेदन प्राप्त भएपछि कार्यपालिका बैठकबाट निर्णय गरी छात्रवृत्ति प्रदान गरिनेछ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत नीति, कार्यक्रम तथा बजेटमा उक्त छात्रवृत्ति कार्यक्रमलाई समावेश गरेको थियो।
छात्रवृत्ति कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले निवेदन, नागरिकताको प्रतिलिपि, बैंक चेकको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस र अध्ययनरत शिक्षण संस्थाको सिफारिस पेस गर्नुपर्ने शिक्षा शाखा प्रमुख ठाकुर प्रधानले जानकारी दिनुभयो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले

प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान

पालुङवाको अन्येष्टि फुङलिङ ३ को मसानेघाटमा
भाद्र २८, २०८३ ताप्लेजुङ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष एवं कञ्चनजङ्घा बोर्डिङ इंङ्गलिस स्कुलका








प्रतिकृया दिनुहोस