प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा

रेडियो ताप्लेजुङ
ताप्लेजुङ, भदौ २९ गते ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान पालुङ्वाको निधनप्रति विद्यालयले तीन दिन शोक बिदा दिने भएको छ।
विद्यालयले भदौ २९, ३० र ३१ गते गरी तीन दिन बिहानी तथा दिवा सत्रका पठनपाठन पूर्ण रूपमा बन्द रहने गरी शोक बिदा दिने निर्णय गरेको जनाएको छ। विद्यालयका संयोजक दिनेश भट्टराईद्वारा हस्ताक्षरित सूचनामार्फत उक्त जानकारी दिइएको हो।
स्वर्गीय पालुङ्वाले विद्यालयको स्थापना, विकास तथा शैक्षिक उन्नयनमा पुर्याउनुभएको अतुलनीय योगदानप्रति सम्मान व्यक्त गर्दै विद्यालयले दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
यसैबीच, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबसन) जिल्ला कार्यसमिति ताप्लेजुङले प्याबसन ताप्लेजुङअन्तर्गतका सम्पूर्ण विद्यालयमा भदौ ३० गते मङ्गलबार एकदिने शोक बिदा दिने जनाएको छ।
प्याबसन ताप्लेजुङले संस्थाका संस्थापक अध्यक्ष, पूर्व केन्द्रीय सदस्य तथा कञ्चनजङ्घा बोर्डिङका प्रिन्सिपल पालुङ्वाको निधनले संस्थालाई अपूरणीय क्षति पुगेको जनाएको छ।
फुङ्लिङस्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषयका शिक्षकका रूपमा शिक्षा क्षेत्रमा प्रवेश गर्नुभएका पालुङ्वाले पछि निजी विद्यालय सञ्चालनमा ल्याएर सोही क्षेत्रमा कार्यरत रहनुभएको थियो।
२०२४ सालमा जन्मनुभएका पालुङ्वाको फोक्सोको क्यान्सरका कारण ५९ वर्षको उमेरमा निधन भएको हो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले
..jpeg)
पाथीभरा याङवरकद्वारा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आह्वान
रेडियो ताप्लेजुङ भाद्र २८ गते । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङले पालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबिबिएस

पालुङवाको अन्येष्टि फुङलिङ ३ को मसानेघाटमा
भाद्र २८, २०८३ ताप्लेजुङ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष एवं कञ्चनजङ्घा बोर्डिङ इंङ्गलिस स्कुलका








प्रतिकृया दिनुहोस