‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ मलेसियामा
‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ मलेसियामा
बैसाख ६ गते । ‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ मलेसियामा आयोजना हुने भएको छ । संगिक्षा फिल्मस्को आयोजनामा यस अगाडि २ वटा अवार्ड यूएइमा आयोजना भएको थियो । नेपालको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट र मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडी मलेसियाको संयुक्त आयोजनामा यो अवार्ड आयोजना हुन लागेको हो ।
आज काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा ३२ विधामा आयोजना हुन लागेको अवार्डको बारेमा जानकारी दिइयो । अवार्ड जुन महिनाको १५, १६ र १७ तारिखमध्ये एक दिन हुने आयोजकले बताएको छ ।
आयोजकले आधुनिक, लोक, पप, लोकदोहोरी, फिल्म समुह र आदिवासी तथा जनजाती गीत विधामा अवार्ड प्रदान गरिनेछ । मलेसियामा विक्रम जंग शाही र जयराम तिमिल्सिनाले अवार्डको व्यवस्थापन गर्नेछन् । कार्यक्रममा बोल्दै संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले पहिलेदेखि नै आफूहरुले मलेसियामा अवार्ड आयोजना गर्न खोजेको र तेश्रो पटक संभव भएको बताए ।
यस्तै, मलेसियामा अवार्डको व्यवस्थापन गर्न लागेका विक्रमजंग शाहीले यसपटक भिन्न तरिकाले अवार्ड आयोजना गर्ने बताए ।
स्रोतःअनलाइनखबर डट कम
साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक
काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले
गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन
किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल
ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत
प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नका लागी हाङ अन्लाईन टिभि द्वारा निर्माण
प्रतिकृया दिनुहोस